जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार १७:१५

रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे अब नेपालमा, यस्ता छन् विशेषताहरु


काठमाण्डौं,जेठ २१

विश्वको पुरानो मोटरसाईकल “रोयल इनफिल्ड” क्लासिक–३५० सीसी गनमेटल ग्रे नेपाली बजारमा सार्वजानिक भएको छ ।

नेपालका लागि आधिकारीक बिक्रेता एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले नेपाली बजारमा ल्यएको हो ।

रोयल इनफिल्डको ३५० सीसीमा गाउनमेटल ग्रे, स्पोटी लुक, माट फिनीस, रेयर डिस बे्रक सहितको विशेषता भएको मोटरसाइकल ५,१५०००मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

रोयल इनफिल्ड नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड हो । यसले युवाहरु, व्यवशायिक तथा सौखिन समूहको मन जितिरहेको छ ।

विवेक अटोमोबाइल्स प्रा.लि.ले आफ्ना १९वटा शाखा एवं डिलहरु मार्फत विक्रीवितरण शुरु गरेको छ । रोयल इनफिल्ड दोस्रो विश्वयुद्ध पश्चातको व्रिटिस मोटर साईकलहरुको स्मरण गराउँदछ ।

रोयल इनफिल्ड क्लासिक ३५० सीसी इन्जीन, हेडलाईट क्यासिङ, फ्युल ट्याङ्क, डिअल डिस बे्रक, ओझल टुल बक्स, स्पीडोमिटर डायल्स, सिगंल सिट स्पिङ, हेडलाईट क्यापमा देख्न सकिन्छ । हाल थपिएको रेयर डिस ब्रेकका कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित हुने कम्पनीले जनाएको छ ।

रोयल इनफिल्ड क्लासिक गन मेटल ग्रे को १९वटै शाखा तथा डिलरहरु बाट बिक्री एवं विक्री पछि सेवाहरु प्रदान गरिरहेकाे कम्पनीले जानकारी दिएकाे छ ।