जनता टाइम्स

३० बैशाख २०७८, बिहीबार ०७:२३

काठमाडौँ उपत्यकामा वर्षा जारी,आज दिनभरको मौसम कस्तो रहला ?


काठमाडौं, बैशाख ३० । देशभरको मौसम बद्ली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । तुलनात्मक रुपमा पश्चिमी क्षेत्रमा अलि धेरै र वाग्मतीसहित प्रदेश एक र दुईमा कम पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज बिहानैदेखि पानी परेको छ । पश्चिमबाट विकास भएको मौसमी प्रणाली फैलिएर पानी परेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । आज दिउँसो देशका केही ठाउँमा मेघगर्जनरचट्याङसहित पानी पर्ने सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश एकका साथै अरु पहाडी थोरै ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य पानी पर्ने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणाली, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले केही दिनदेखि मौसम बद्ली हुँदै आएको महाशाखाले जनाएको छ । भोलिदेखि मौसममा सुधार हुने सम्भावना देखिएको पनि मौसमविद् मञ्जु बासीले बताउनुभयो ।