काठमाडौं,
नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य चण्डीराज ढकालले कसैले सार्क राष्ट्रलाई माइनस गरेर अगाडि बढ्न खोजे त्यस देशको अर्थतन्त्रलाई कुनै फाइदा नहुने बताउनु भएको छ । चीनको कुमिङमा साउथ एशिया फोरमको कार्यक्रमलाई संबोधन गर्दै सार्क राष्ट्रहरुको अर्थतन्त्र विविधात्मक भएकाले यसलाई कसैले माइनस गर्न नहुने बताउनु भएको हो ।
सार्क राष्ट्रहरुमा भौगलिक, संकृतिक विविधता , सहज यातयात लगाएत पर्यटकोे लागि सार्कक्षेत्र विशेष भएको बताउनु भएको छ । महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका उहाँले भन्नुभयो ‘नेपालले बिआरआइलाई एउटा महत्वपूर्ण कनेक्टीभिटीको रुपमा मानेको छ । नेपालमा भएका युवाहरुलाई परिचालन गर्न र नेपालको उत्पादकत्व बढाउन यसले मद्दत गर्छ ।’ बीआरआईले नेपाललाई सार्कक्षेत्र र चाइना जोड्ने कनेक्टीभिटी हवको रुपमा स्थापित गर्नसक्ने उहाँले बताउनु भएको छ ।
चीनले विश्वमा आफुलाई सस्तो देखि महंगो वस्तु उत्पादन गर्नसक्ने भनेर चिनाईरहेको बेला नेपालले पनि त्यसबाट सिक्न आवश्यक रहेको बताउनु भएको छ । चीन नयाँ प्रविधिको विकासको कारण विश्वमा चिनिएको बताउँदै नेपालले ती प्रविधीलाई ग्रहण गर्न सक्नुपर्ने बताउनु भएको छ ।
हामी अब सार्क क्षेत्रको मात्र होइन हिन्द महासागरको आसपासको सम्पूर्ण क्षेत्रलाई जोड्दै विजनेश हबको रुपमा विकास गर्नुपर्नेमा जोडदिनु भयो ।
प्रतिक्रिया दिनुहोस्