जनता टाइम्स

२८ जेष्ठ २०७८, शुक्रबार १८:४४

गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी, यी हुन् ३१ सांसद (नामसहित)


कास्की, जेठ २८

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ । मुख्यमन्त्रीमा कृष्ण चन्द्रलाई नियुक्त गर्न ३१ बहुमत सांसदले हस्ताक्षर बुझाएका छन् ।

आज नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेर उहाँले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउनुभयो । विपक्षी गठबन्धनमा जनमोर्चाका एक सांसद कृष्ण थापाले भने हस्ताक्षर गर्नुभएन ।