अमेरिका, ११ असार । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपालको कोभिड कोषमा ४८ लाख सहयोग गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको २ जेठको परिपत्र अनुसार समितिका सदस्यहरुबाट उठाएको रकम राष्ट्रिय वाणिज्य बैंक टेकू शाखामा रहेको नेपाली कांग्रेसको खातामा जम्मा गरेको समितिका सभापति आनन्द बिष्टले विज्ञप्ति मार्फत् जानकारी दिनुभयो । विज्ञप्ति अनुसार कोभिड९१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि रकम उठाउन पार्टीले परिपत्र गरेलगत्तै समितिको अमेरिका केन्द्रीय समितिको बैठक बसी रकम संकलन सुरु गरिएको थियो । यस क्रममा समितिको अनुरोध र पार्टीको परिपत्र अनुसार समितिमा आबद्ध सदस्यहरूबाट ४१ हजार ३४ सय अमेरिकि डलर संकलन गरेको समितिले जनाएको छ । सो रकम दुई पटक गरी नेपाल पठाइएको बिष्टले बताउनुभयो ।
नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा कोभिड कोषमा ४८ लाख सहयोग

प्रतिक्रिया दिनुहोस्