काठमाडौं,
जनता बैंक नेपाललिमिटेडले एकै साथकाठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको कारोबार सुभारम्भ गरेको छ । नयाँठिमीभक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिमपाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँशाखा खोलिएको हो ।
मन्थलीशाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गर्नुभयो । उक्त समुद्घाटन कार्यक्रममा बैंककाअध्यक्ष केशबबहादुर रायमाझी र प्रमुखकार्यकारी अधिकृत परशुरामकुंबर क्षेत्रीले बैंकको बारेमामन्तब्य राख्नुभएको थियो । यसैगरी फिदिमशाखाको फिदिमनगरपालिकाका मेयर ओनाहाङ्ग नेम्वाङ्ग, डुम्रे शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, पाटन सुन्धारा शाखाको बैंकका संचालक रामबहादुर भण्डारी, ठिमीशाखाको बैंककासंचालक संजिब न्यौपाने र किर्तिपुर शाखाको नायब प्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्यले समुद्घाटन गर्नुभयो । नयाँ खोलिएका शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीव्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधालगाएत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबाउपलब्ध गराइने बैंकले जनाएको छ ।
यसै बिच तनहुँको डुमेमाशाखा उद्घाटन सँगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बृहत निःशुल्क स्वास्थ्यशिविर पनि संचालन गरिएको छ । स्त्रीतथा प्रसूति रोग, हाडजोर्नी र सामान्य स्वास्थ्य परिक्षण सम्बन्धी सञ्चालन गरीएको स्वास्थ्यशिविरमाडुम्रे आसपासकाकरिब २०० जनाले स्वास्थ्य परिक्षण गराएकाछन् । उक्त स्वास्थ्यशिविरमा बिरामीहरुलाई आवश्यकऔषधिनिःशुल्कउपलब्ध गराइएको बैंकले जानकारी दियो ।
प्रतिक्रिया दिनुहोस्