जनता टाइम्स

२ श्रावण २०७८, शनिबार ०९:३२

अनुपराजको राष्ट्रपतिविरोधी राज र रहस्य


जसले ज्यान हत्केलमा राखेर देश र जनताका सेवाका निम्ति काम गर्यो, त्यसलाई चमडी जोगाएर जागिर खानका लागि यो बुढेसकालमा पनि अपहत्ते गर्नेले जथाभावी बोल्न सुहाउँछ ? एउटा देश र जनताका लागि समर्पित भएर लाग्छ, त्यही अर्को भातका लागि सधैँ अपहत्ते गर्छ । दुवै बराबर हुन ? एउटा भात हेर्छ, अर्को भविष्य हेर्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैँ आफू मिटाइ अरुलाई दिने र आफैँ मात्र घिच्नेमा केही फरक छैन ?

प्रा.डा.बद्रीविशाल पोखरेल

पूर्वप्रधानन्यायाधीश तथा मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले केही दिन अघि एक छापा पत्रिकामा अन्तर्वार्ताका क्रममा सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीविरुद्ध अनेकथरी अनर्गल अभिव्यक्ति दिए । अनुपराज शर्मा सर्वोच्च अदालतमा मुद्दा खेपीरहेका एक झगडिया पनि हुन । उनले अघिल्लो पटक विघटित संसद्का विषयमा अदालतमा चलिरहेको विचारधीन मुद्दालाई प्रभावित पार्ने सामूहिक सडक वक्तव्यवाजी गर्ने मध्येका एक हुन् । यिनै न्यायपरायण तथा मानव अधिकारका हिमायती शर्मा महिला राष्ट्रपति भनेर विद्यादेवी भण्डारी उपर मनलाग्दी प्रलाप गरिरहेको देखियो । शर्मा भण्डारीलाई आधार बनाएर गणतन्त्रकै विरुद्ध निसाना बनाउन थालेपछि यस लेखकलाई असह्यै भएको हो ।

राष्ट्रपतिले जासुसी शैलीमा अझ मध्यरातमा संसद् विघटनलाई समर्थन गरेको बताउने शर्मालाई राज्य वा राष्ट्र राती पनि जागा रहन्छ भन्ने यो लेखक जनाउ दिन्छ । राज्यमा रातबिरात भएका जघन्य अपराध राती सुतेको बेला भएको हो भनेर सरकार प्रमुख पन्छिन मिल्दैन । राष्ट्र र राज्यको सम्मानित तथा कार्यकारी प्रमुखको पद घडी हेरेर १०-५ बजाएर जागिर खाए जस्तो ठगी धन्दा होइन त शर्माज्यू ? राष्ट्रपतिले जासुसी शैलीमा विघटनलाई अनुमोदन गरेको काम सरासर संविधान विरोधी भन्ने शर्माले पूर्णत संवैधानिक रुपमा सीमाबद्ध राष्ट्रपतिलाई मनलाग्दी भड्काउ आरोप लगाएका छन । राष्ट्रपतिलाई बाह्य रुपमा सरसल्लाह र परामर्श गर्ने अधिकार पनि संविधानमा छैन भन्ने थाहा पाइपाइ पनि महिला भनेर शर्माले जे पायो त्यही बोलिरहेको सरम लाग्दो अवस्था देखिन्छ ।

पूर्वप्रधानन्यायाधीश भए कतिपयको मनोग्रन्थी पितृतन्त्री ग्रसित चरम पछौटे हुन्छ । माओले भनेझैँ फेरिएको परिस्थितिअनुसार आफूलाई कत्ति पनि फेर्न नसक्ने वा नचाहने शर्मा जस्ता न्यायमूर्तिहरु पुरातन संस्कारग्रस्त हुन्छन् । तिनको मन, मस्तिष्क र मनोविज्ञानमा सदियौँ देखिको कुरुप संस्कृति जवर्जस्त रुपमा प्रभावी रहेको छ र हुन्छ । छोरी जन्मिँदा रुन्चे अनुहार लगाउने तर छोरो जन्मिँदा मन्द मुस्कान गर्नेहरु राष्ट्रपति नै भएकी छोरी र चेलीलाई उचित सम्मान गर्न सक्तैनन । आदत र आग्रहका दासहरु पछौटे चिन्तन र चरित्र ग्रस्त हँदा नेपालमा समस्या गम्भीर बनेको देखिन्छ । परिस्थिति अनुसार आफूलाई फेर्न नसक्दा चिहान पुर्याएको सतीप्रथा अन्तर मनमा जिउँदै रहँदो रहेछ । आदिकवि भानुभक्त आचार्यले बधू शिक्षामा नारीहरुलाई हाँस्न्याहरु नारीहरु बेस्या हुन्छन भनेकामा चर्को विरोध गर्ने महिला वा पुरुषहरु नै पनि महिलालाई बोली, वचन र व्यवहारबाट जिउँदै भतभती पोलिरहेको अवस्थालाई नदेखे झैँ गर्छन् ।

आफ्नै छोरीलाई छोराका तुलनामा दोस्रो दर्जाको नागरिक ठान्ने, अंशका नाममा छोरालाई भएभरको जायजेथा दिन उत्साहित हुने तर छोरीलाई पैत्रृक अंशका नाममा अचार सरह पितिक्क भाग लगाउने वा दिने पूर्वप्रधानन्यायाधीशले महिला राष्ट्रपतिलाई हेपी व्यवहार गर्नु कुन अचम्म भयो र ? छोराका खातिर छोरीहरुको लस्कर लगाउने वा जन्माउने पूर्व वा वर्तमान प्रधानन्यायाधीशहरुले महिला राष्ट्रपतिलाई तथानाम भन्नु कुनै अचम्मको बात नै होइन । महिला नै प्रधानन्यायाधीश भए पनि तिनमा पितृसत्तात्मक सोच कुटकुट भरिएको हुन्छ र छ । त्यसो भएपछि तिनले पनि अति सामान्य महिला मैत्री किमार्थ गर्दा रहेनछन । एमाले पार्टीका महिलावादी भनेर चिनिने नेतृहरु यस्ता गम्भीर सबालमा मुख सिएर बसेको देख्दा अचम्म लाग्छ । मौकामा बोल्न पनि नसक्ने एमाले नेतृ र नेतृत्व नाम मात्रको र सार बिनाको देखिन्छ ।

प्रधानमन्त्री ओलीलाई सपथ ग्रहण गराउँदा राष्ट्रपतिबाट फुत्किएको स्मित हाँस्यलाई निक्कै उचालेर अनुपराज शर्माले प्रचार गरेका रहेछन । सामन्तवादको सांस्कृतिक जग र जरामा टुक्रुक्क बसेको अनाडी गणतन्त्र वा राष्ट्रपति उच्च स्तरको कुटनैतिक ज्ञान, अनुभव र तालिम प्राप्त होइन र छैन । मानवीय नाताले जसका पनि केही न केही कमजोरी हुन्छन तर त्यही कमजोरीमा टेकेर सदासर्वदा सैसला खेल्नु अनुपराज शर्मा जस्ता न्यायमूर्ति र मानव अधिकारका प्रतिमूर्तिलाई कदापि सुहाउँदैन । यस दृष्टिकोणले हेर्दा अनुपराज शर्मा आफैँ पदीय हैसियतमा रहँदा र प्रमुख आतिथ्य ग्रहण गरेर बस्दा हातले कान कोट्याउँदै त्यही हात नाकमा पुर्याएर सुँघेको देखिएकै हो । अनि अर्को प्रसंगमा शर्माले नाक कोट्याएको हात नधोई समधर्मी र सहकर्मीसित मिलाएको अशिष्टता देखिएकै हो । अनि बोल्दा मुखका दुई चेपबाट आएको गजगज फिँज नाङ्गो हातले ल्याप्प पुछेको पनि देखिएकै हो । आफूभन्दा मान्य जनका अगाडि बस्दा उपर्खुट्टी लगाएर बस्न नहुने हो तर शर्माहरु बेशर्मी तरिकाले बसेको पनि देखिएकै हो ।

के निहुँ पाउँ कनिका बुकाउँ जस्तो गरी अहिले पनि अनुपराज शर्माहरु राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीको प्लर्क सरह रहेर काम गरेको बीच मुखबाट कसरी भन्न सक्छन ? यो त आफ्ना घर र छरछिमेकका महिलालाई हेपेर बोलेजस्तो हो र यतिसम्म मुख छाडेर बोल्ने शर्मा पूर्वप्रधानन्यायाधीश हुन ? के बोल्दा मानव अधिकार हनन हुन्छ भन्ने अति सामान्य ज्ञान बिना कसरी मानव अधिकार आयोगका अध्यक्ष ? यतिका वर्ष उपर्युक्त उच्च ओहदामा बसेर पनि यस्तै बोली वचन र व्यवहार हो भने त लाज नै लजाउने अवस्था पो आयो त श्रीमान । सम्माननीय राष्ट्रपति विद्या भण्डारीको उमेर भन्दा बढी यो देशको अग्रगनमा लामो योगदान र भूमिका रहेको छ ।

बुद्धिजीवी, प्राज्ञ, विज्ञ वा विश्लेषकले सोची सम्झी बोल्ने कि तथानाम बक्दै हिड्ने ? कलमलाई कलमकै रुपमा प्रयोग गर्ने कि लौरो र झट्टी सरह बर्साउने ? यो मुलुकमा कथित विज्ञ भनाउँदाले मुखमा आए जति जे जे भने पनि, लेखे बोले पनि प्रतिवाद गर्ने छैनन भन्ने ठानेको छ भने यस्तो अनिकाल अहिले नै यो लेखक हुन दिने छैन । एक्लै भए पनि आफूले रगत पसिना बगाएर ल्याएको गणतन्त्रविरुद्ध तथानाम गर्न दिने छैन । तथानाम बोले भने तिनको जिब्रो नै थुत्ने गरी बौद्धिक प्राज्ञिक प्रहार गर्न यो लेखक एक्लै समर्थ छ

देश, जनता र जनजीविका खातिर भण्डारीको योगदान शर्माको भन्दा कैयौँ गुना बढी छ । युवादेखि नै यस देशमा आमूल परिवर्तनका निम्ति आवश्यक पर्दा बलिदान हुन तयार भएर सेवा र समर्पणका भावनाका साथ लाग्नु भएकी भण्डारी अहिले संवैधानिक भूमिका रहनु भएको छ । ओहदा र भूमिकाका कारण आफैँलाई टोक्ने कुकुरको खुट्टा टोक्न मिल्दो रहेनछ । भोजपुर क्याम्पसमा आइएमा पढ्दा विपक्षी विद्यार्थी संगठनको सांघातिक आक्रमणबाट बालबाल बच्न सफल हुनुभएकी विद्याको संघर्षशील तथा वैचारिक अडानका बारेमा उहाँका गुरु प्राडा. टङ्क प्रसाद न्यौपानेले यस लेखकलाई बताएका थिए । विद्यार्थी कालमा नै भोजपुरको सम्पूर्ण दक्षिणी भूभागका घरघर पुगेर राजनीति गरेको बताउने हाल इटहरी ५ स्थायी बसोबास गर्ने राप्रपाका एक नेता दुर्गाबहादुर बस्नेतसमेत भण्डारीको राजनीतिक सेवा भावलाई प्रत्यक्ष रुपमा देखेको बताउँछन ।

हाल अमेरिका निवासी प्रा.कविचन्द्र पोखरेलले समेत भण्डारीले भूमिगत कालमा दुई छोरीलाई च्यापेर रातविरात राजनीतिक सेवा गरेको अत्यन्त दारुण अवस्था यस लेखकलाई उहिल्यै बताएका थिए । जसले ज्यान हत्केलमा राखेर देश र जनताका सेवाका निम्ति काम गर्यो, त्यसलाई चमडी जोगाएर जागिर खानका लागि यो बुढेसकालमा पनि अपहत्ते गर्नेले जथाभावी बोल्न सुहाउँछ ? एउटा देश र जनताका लागि समर्पित भएर लाग्छ, त्यही अर्को भातका लागि सधैँ अपहत्ते गर्छ । दुवै बराबर हुन ? एउटा भात हेर्छ, अर्को भविष्य हेर्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैँ आफू मिटाइ अरुलाई दिने र आफैँ मात्र घिच्नेमा केही फरक छैन ? पढेलेखेको भनिने र अनेक मान र पदवी घाँटीमा भिरेर मात्र मानिस ठूलो भइँदो रहेनछ । धुवाँधार राजनीतिक विश्लेषका रुपमा देखा परेका एक जना डा.रामप्रसाद उप्रेती नामका व्यक्ति पनि तथानाम बोलिरहेको देखिन्छ तर तिनले नेपालको पश्चिमतिरको एक स्वस्थ्य प्रतिष्ठानमा उपकुलपति नपाएर ओलीसित रुष्ट भई भौँतारिएर अन्टसन्ट बोलेको एक जनाले बताएका थिए ।

देश, जनता र जनजीविका खातिर भण्डारीको योगदान शर्माको भन्दा कैयौँ गुना बढी छ । युवादेखि नै यस देशमा आमूल परिवर्तनका निम्ति आवश्यक पर्दा बलिदान हुन तयार भएर सेवा र समर्पणका भावनाका साथ लाग्नु भएकी भण्डारी अहिले संवैधानिक भूमिका रहनु भएको छ । ओहदा र भूमिकाका कारण आफैँलाई टोक्ने कुकुरको खुट्टा टोक्न मिल्दो रहेनछ । भोजपुर क्याम्पसमा आइएमा पढ्दा विपक्षी विद्यार्थी संगठनको सांघातिक आक्रमणबाट बालबाल बच्न सफल हुनुभएकी विद्याको संघर्षशील तथा वैचारिक अडानका बारेमा उहाँका गुरु प्राडा. टङ्क प्रसाद न्यौपानेले यस लेखकलाई बताएका थिए

बुद्धिजीवी, प्राज्ञ, विज्ञ वा विश्लेषकले सोची सम्झी बोल्ने कि तथानाम बक्दै हिड्ने ? कलमलाई कलमकै रुपमा प्रयोग गर्ने कि लौरो र झट्टी सरह बर्साउने ? यो मुलुकमा कथित विज्ञ भनाउँदाले मुखमा आए जति जे जे भने पनि, लेखे बोले पनि प्रतिवाद गर्ने छैनन भन्ने ठानेको छ भने यस्तो अनिकाल अहिले नै यो लेखक हुन दिने छैन । एक्लै भए पनि आफूले रगत पसिना बगाएर ल्याएको गणतन्त्रविरुद्ध तथानाम गर्न दिने छैन । तथानाम बोले भने तिनको जिब्रो नै थुत्ने गरी बौद्धिक प्राज्ञिक प्रहार गर्न यो लेखक एक्लै समर्थ छ । वरिष्ठ वकिल कहलिएका भीमार्जुन आचार्य पनि पेसेवर कानुन्ची झैँ अनियन्त्रित रुपमा बोलिरहेका छन् । तिनी पनि यस लेखकको नजरको केन्द्रमा परेका छन् । झाँसीकी रानी सरह बैरीलाई ठाउँको ठाउँ ढाल्ने नेपाली नारी छन भने ती यसरी दुर्वाच्य बोल्दा किन चुपचाप छन् ? यत्ति अचाक्ली गाली गर्दा रिसाउनु सौन्दर्य पो हो त ।