जनता टाइम्स

८ श्रावण २०७८, शुक्रबार ०७:३८

ओलीको चमत्कार ! प्रमादेशे गुटको ललकार !


दोश्रो पटक मृगौला प्रत्यारोपण पछि ओलीको तन्दुरुस्तिसँगै तत्कालीन नेकपाको सचिवालयले कृतघ्नताको पराकाष्ठामा पुगेर तमासा प्रदर्शनमा तिब्रता ल्यायो । डेरावालले घरबेटीकी पत्नी पट्याएर घरबेटीकै उठिबास लगाउनु जस्तै थियो, दुई अध्यक्षको हस्ताक्षर चल्ने संक्रमणकालीन अवस्थाको पार्टीको सहमतीय मर्यादा कुल्चिएर प्रचण्डले ओलीविरुद्ध प्रयोग गरेका माधव मिसाइल, झलनाथ झटारो र गौतम गुलेली लगाएका कुण्ठा विस्फोटका अस्त्रहरु ।

दयालबहादुर शाही

एमाले अध्यक्ष केपी शर्मा ओलीको यसपटकको साडे तीन वर्षे कार्यकाल बलिउड फिल्म ‘नायक’को एक दिनको मन्त्रीको व्यवहारिक रुप साबित भएको छ । दशकौंदेखिको देशको फोहरमैला ओली सरकारले सोहोरेको छ । पृथ्वीनारायण शाहपछि नेपाली जनताको असली औकात देखाउने काम ओलीबाट भएको छ । पृथ्वीनारायण शाहको पालामा नेपालको लय देखेर अंग्रेजहरु जल्ने र बल्ने गर्थे । यसअघि नेपालका कम्फरटेबल शासकलाई आदेश निर्देश दिने भारतेली शासक वर्गको ओलीले उल्टै उडाइदिएको होश नेपाली पौरखको नयाँ संस्करण हो र स्वाभिमानी परिचय पत्रको नवीकरण हो । ओलीको देशभक्ति, हिम्मत, स्वाभिमान, सांस्कृतिक राष्ट्रवाद र जनताको काखमा रहेर जनताको साथ लिन सक्ने कौशलताले नेपाली जाति वीर मात्र होइन विद्दत जाति पनि हो भन्ने सच्याइँ पुनर्पुष्टि भएको छ । ओली नेतृत्वको नेपाल देखेर भारत सूरुदेखिनै बेचैनी बनेको थियो ।

देशी विदेशी प्रतिक्रियावादीहरुले ओलीको उदय रोक्न र सरकारबाट विस्थापन गर्न सबै प्रकारका हकर्तका लागि दर्जनौं दाऊहरु हेरे र गौंडो कुरेर बसे । जनता भड्काउने, सेना र पूर्वराजा उच्काउने, न्यायमूर्ति गुहार्ने र डलर ल्याएर डकार्ने लगायतका थुप्रै चलखेल र मर्यादाका उलंघनहरु सामान्य बने । सुरुमा डा. गोबिन्द केसीलाई अन्ना हजारे संस्करणमा उतार्न खोजियो । भारतमा कांग्रेस आईका शालीन नेता मनमोहन सिंहको पालामा कांग्रेस आई सिध्याउन प्रयोग गरिएको अन्ना हजारे र रामदेव मोडेलको फण्डा गोबिन्द केसीदेखि कथित नाागरिक समाजको ‘डलरे डकार’सम्मका संस्करणमा निरन्तर जारी रह्यो । ओली जस्तो प्रखर र वाक्पटु राजनेताविरुद्ध मास भड्काउने कृत्य बलियो राँगोसँग निर्वल गोरु जुधाउनु जस्तै साबित हुने देखेर बीचैमा रणनीति बदलियो र गोबिन्द केसीको सिँगारपटारमा गिरावट आयो । ओली जस्तो देशभक्त प्रधानमन्त्रीका विरुद्ध सेना भड्काउन र पूर्वराजा उकास्न देशभित्र कोही तयार नभएपछि यीँ सबै चोर बाटाले पार नचल्ने देखिएपछि कमजोर कडीका रुपमा अदालतमा पुगेर देशी विदेशी प्रतिव्रिmयाबादीका आँखा रोकिए । किनभने जनादेशले कांग्रेस बढारे पनि कांग्रेसले अदालतमा गरेको फोहर बढार्न सकेको थिएन ।

महाभारत युद्धमा महारथिको पाश्र्व भागको रक्षा गर्ने अर्काे महारथिको खटन गरिए जस्तै सव्रिmय राजनीतिमा पनि एक राजनेताको पाश्र्व भागको रक्षा गर्न अर्काे आत्मवली धीरोदात्त राजनेताको दरकार पर्दछ । जस्तो कि पृथ्वीनारायण शाहले छेडेको नेपाल एकीकरण अधियानमा साथ दिने कालु पाण्डे, श्रीहर्ष पन्थहरु; लोकतान्त्रिक आन्दोलन र नेपालीकाें निरन्तरतामा वीपीलाई काँध थाप्ने गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि, सुशील कोइरालाहरु; नेपालको कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण, एकीकरण र नेकपा(एमाले)को उत्थानको ढोका खोल्ने गरी मदन भण्डारीलाई सही मान्छे, सही स्थान र सही समयको राहत दिने जीवराज आश्रित, केपी ओली, वामदेव गौतम, अमृत बोहरा, प्रदीप नेपाल र ईश्वर पोखरेलहरुको आत्मवली सहायक धर्मलाई लिन सकिन्छ । तर केपी ओलीका सहकर्मीहरुको कृतघ्नता भवानी घिमिरेको कविता– ‘साथी एण्ड कम्पनीसँगको व्यापार छ, अगाडिबाट नमस्कार छ, पछाडिबाट तरबार छ’को जस्तै रह्यो । केपीका प्रायः सबै प्रमुख सहकर्मीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायण काजी श्रेष्ठको हिसावकिताव र अर्जुनदृष्टि केपी ओलीको कमजोर स्वास्थ्यमाथि थियो ।

जनादेशको धज्जी उडाउँदै परमादेशको बलमा सत्तारुढ बनेको प्रमादेशे (प्रचण्ड, माधव, देउबा र शेखर) गुटका हस्तीहरुको अँध्यारो मुखमण्डल उनीहरुले भविष्यमा भोग्ने जनदण्डको पूर्व संकेत हो । ओलीलाई सत्ताच्युत पारेर प्रचण्ड र माधवमा सन्तुष्टिको सट्टा बेचैनी र छटपटीको राज छ । प्रचण्डको रौद्र रुप र रुन्चे भाषण र माधवको अनुहारको उडेको दिप्ती र कान्तीक्षयमा पढ्न सकिन्छ, नेताद्वयबाट भएका पापको पैदा गरेको प्रकट गर्न नमिल्ने पीडा । प्रचण्ड र माधव नेपालमाथिको दण्डनीतिले ओलीलाई सरदर नेता ठान्ने जति दुई पटक सोच्न बाध्य छन्

दोश्रो पटक मृगौला प्रत्यारोपण पछि ओलीको तन्दुरुस्तिसँगै तत्कालीन नेकपाको सचिवालयले कृतघ्नताको पराकाष्ठामा पुगेर तमासा प्रदर्शनमा तिब्रता ल्यायो । डेरावालले घरबेटीकी पत्नी पट्याएर घरबेटीकै उठिबास लगाउनु जस्तै थियो, दुई अध्यक्षको हस्ताक्षर चल्ने संक्रमणकालीन अवस्थाको पार्टीको सहमतीय मर्यादा कुल्चिएर प्रचण्डले ओलीविरुद्ध प्रयोग गरेका माधव मिसाइल, झलनाथ झटारो र गौतम गुलेली लगाएका कुण्ठा विस्फोटका अस्त्रहरु ।

कर्म र दण्डनीतिको मापनले नापिने गर्छ राजनेताको कद । आफुविरुद्ध उत्रने जोरीपारीलाई कर्मले जवाफ दिने र दुःख दिनेलाई दण्डधर्मबाट थला पार्ने ओलीनीति अब आधुनिक चाणक्यनीतिमा दर्ज भैसकेको छ । जनताको शक्ति, जनताको साथ र जनताको आशीर्वाद भन्दामाथि, श्रेष्ठ र अधिक कोही हुँदैन । ओली साधना एक उदाहरण हो । जनताको कोप राजनीतिमा भारी पर्छ । जनादेशको धज्जी उडाउँदै परमादेशको बलमा सत्तारुढ बनेको प्रमादेशे (प्रचण्ड, माधव, देउबा र शेखर) गुटका हस्तीहरुको अँध्यारो मुखमण्डल उनीहरुले भविष्यमा भोग्ने जनदण्डको पूर्व संकेत हो । ओलीलाई सत्ताच्युत पारेर प्रचण्ड र माधवमा सन्तुष्टिको सट्टा बेचैनी र छटपटीको राज छ । प्रचण्डको रौद्र रुप र रुन्चे भाषण र माधवको अनुहारको उडेको दिप्ती र कान्तीक्षयमा पढ्न सकिन्छ, नेताद्वयबाट भएका पापको पैदा गरेको प्रकट गर्न नमिल्ने पीडा । प्रचण्ड र माधव नेपालमाथिको दण्डनीतिले ओलीलाई सरदर नेता ठान्ने जति दुई पटक सोच्न बाध्य छन् ।

माधव नेपालमाथिको ओलीको दण्डनीति भिन्नै ढंगले प्रकट भएको छ । पलपलमा भाऊ खोज्ने माधव नेपालले घर नजिकै आफ्नो पुत्ला जल्दा पनि प्रतिवाद गर्नुको सट्टा रमिता हेरेर जनताले आनन्द उठाएको तीतो सत्य भोग्नु परेको छ । मानसम्मानको माधवको अगस्ती भोक र वास्ताविकता बीचको अन्तरले लिओ टोस्टायको ‘एउटा मानिसलाई कति जमिन चाहिन्छ’ कथाको पात्र पाहोमको दुखान्त स्मरण गराउँछ । दिनभरि दौडिदा जति दूरि पार गर्न सकिन्छ, त्यति नै भोल्गा किनारको उब्जाऊ जमिन पाइने लोभले रगत छाद्ने गरी दौडेको पाहोमको बेलुकापख मृत्यु हुन्छ । अन्ततः उसलाई चिहानको लागि चाहिने चार हात जमिन मात्र काम लाग्छ । चौध वर्ष एमालेमा निष्कण्टक राज गरेका माधव नेपालको देउबा र दाहालको दैलोमा लज्जाहिन आउजाऊ पनि मैदान कब्जा गर्न चाहने पाहोमले चार हात जमिन चिहानमा समेटिनु परेको तथ्यकै समकक्षको छ ।

प्रचण्डमाथिको ओलीको दण्डनीतिको प्रकटीकरण यहाँ भन्दा भने सरल र सहज छ । वृहत शान्ति संझौताको एक मात्र जीवित हस्ताक्षरकर्ता भनी पोख्ने तुष्टिकरण प्रचण्ड अहंकार सिलसिलाको अवशेष हो । यो अहंकार र देउबाको पुच्छर बन्नु पर्दाको वास्तविकता बीच ठूलो दरार छ । कुनै बेला राजा, गिरिजा र सेनालाई धुरुक्क रुवाउने सामथ्र्य राख्ने प्रचण्डलाई आज देउबा शरणम् गच्छामीको नर्कमा खसाल्नु आधुनिक चाणक्य ओलीले नेपाली जनतालाई लगाएको बिर्सनै नसकिने गुन हो ।

कुनै बेला प्रचण्डको शान, सौकत, तडकभडक र हल्लीचल्ली वनमा एक्लै रहेर पनि सबैलाई त्राहिमाम पार्ने सिंहको जस्तो थियो । आज प्रचण्ड हुल बिना टिक्न नसक्ने ब्वाँसोको हैसियतमा झर्नु ओलीको सफल दण्डनीतिको चमत्कार हो । अब ओली र एमालेको एक्लै सामना गर्ने सामथ्र्य प्रचण्डसँग रहेन । देउबा, पौडेल, सिटौलाहरु; माधव र यादवहरु; कोइराला, सिंह र निधि परिवार ब्राण्डका सानाठूला शिशु स्याहार केन्द्रहरुरुपी ब्वाँसाको हुल बाँधेर मात्र ओलीरुपी सिंह र एमालेरुपी सिंह दलसँग जिस्कनु पर्ने बाध्यताले प्रचण्डलाई लपेटेको छ । यसरी एमालेसँग प्रचण्डको टक्कर ताल फुटेर आएको बाढीको सदावहार महानदीसँगको टक्कर जस्तै चार दिनको चाँधनी फेरि अधेरी रात साबित भएको छ ।

प्रचण्डमाथिको ओलीको दण्डनीतिको प्रकटीकरण यहाँ भन्दा भने सरल र सहज छ । वृहत शान्ति संझौताको एक मात्र जीवित हस्ताक्षरकर्ता भनी पोख्ने तुष्टिकरण प्रचण्ड अहंकार सिलसिलाको अवशेष हो । यो अहंकार र देउबाको पुच्छर बन्नु पर्दाको वास्तविकता बीच ठूलो दरार छ । कुनै बेला राजा, गिरिजा र सेनालाई धुरुक्क रुवाउने सामथ्र्य राख्ने प्रचण्डलाई आज देउबा शरणम् गच्छामीको नर्कमा खसाल्नु आधुनिक चाणक्य ओलीले नेपाली जनतालाई लगाएको बिर्सनै नसकिने गुन हो ।

घेराबन्दीमा पारेर भौतिक सत्ताबाट विस्थापन गर्न सके पनि ओलीलाई जनताको दिलको सत्ताबाट विस्थापन गर्न प्रमादेशे गुटले सक्ने छैन । कोरोना कहर र सिध्याउन खोज्ने कमरेडहरुको रहरलाई वास्तै नगरी कुकुर भक्तै गर्छ हात्ती कुद्दै गर्छ शैलीमा ओलीले छेडेको विकास अभियान हरेक कर्मठका लागि प्रेरणा हो । सबै प्रकारका घेराबन्दी र चिथोराईको प्रवाह नगरी ओलीले छेडेको विकास, समृद्धि, देशभक्ति र स्वभिमानको महाअभियान अभूतपूर्व, विरलाकोटीको र दीर्घकालीन महत्वको रहेको छ । ओलीका सत्कर्मको प्रतापले जोरीपारीहरु जनताको दिलमा होइन, भीरको डिलमा पुगेका छन् । विराधीको निम्ति पेटको शूल बने पनि जनताको दिल जित्ने गरी ओलीले गएका एकचालीस महिनामा मातृभूमिको पक्षमा गरेका सत्कर्महरु यस प्रकार रहेका छन् :

१. ३१६ वर्ग किमिमा विस्तारित लिम्पियाधुरा–कालापानी क्षेत्र समेटिएको नक्शा, जुन नक्शा, नयाँ नेपालको तस्वीर हो । ओलीकै हिम्मतका कारण नेपालले अतिक्रमित भूमिमाथि सप्रमाण हकदाबी गरेर महाशक्तिसँग पंगा लिएको छ ।

२. नेपाललाई नाकाबन्दी र नाकाबन्दीको धम्की दिने भारत तेल लैजाऊ र रेल लैजाऊको तहमा उत्रने गरी चीनसँग पारवहन सन्धि र बन्दरगाह प्रयोगको संझौता भएको छ ।

३. सशस्त्र संघर्ष र पृथकतावादमा उत्रिएका समूहलाई लोकतन्त्रको मूल प्रवाहमा ल्याइएको छ ।

४. माओवादीको छद्म युद्ध र अधिनायकवादी सपना र योजनाको पूर्णरुपमा पटाक्षेप भएको छ ।

५ धरहरा पुनः उठेको छ । भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माण अभियानको महानायकको रुपमा जनसमुदायको घटघटमा ओलीको नाम एकल रुपमा दर्ज भएको छ ।

६. देश सुरुङ युगमा प्रवेश भएको छ ।

७. मेलम्चीको काठमाण्डौंमा अवतरण छ ।

८. कालिगण्डकी, सुनकोशी मरिन आदि नदी डाइभर्सन गरी सिँचाई आयोजनाको सुरुवात भएको छ ।
९. खानी अन्वेषण, विमान स्थलहरुको निर्माण र स्तरबृद्धि, हुलाकी राजमार्ग निर्माण, पूर्वपश्चिम राजमार्ग र तराईका जिल्लाका सदरमुकाम जोड्ने राजमार्गहरुको निर्माण र स्तर उन्नति, सयौं पक्की पुलहरु निर्माण भएका छन् ।

१०. नेपाल अल्पविकसित देशबाट विकासशील देशको बाटोमा पदापर्ण भएको छ ।

१२. देशले सूचना प्रविधिमा ठूलो फट्को मारेको छ ।

१३. विचारको राजनीति, लोकतन्त्रप्रतिको अटल निष्ठा, राष्ट्रियताको जगेर्ना, देशभक्ति, अधिनायकवादको अस्वीकार्यता, पृथकतावाद, जातीय र क्षत्रिय अतिवाद बिरुद्धको संघर्ष, फुटवाद र जालझेलको राजनीतिको प्रतिरोध जस्ता सही दिशातिर मुलधारको राजनीति मुखरित भएको छ ।

१४. लोकतन्त्र, समाजवाद एबं सामाजिक न्याय, देशभक्ति एबं राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, शान्ति र स्थिरता, विकास तथा समृद्धिको सपना र योजनाले गर्दा जनतामा राज्य र राजनीति हाम्रै लागि रहेछ भन्ने अपनत्ववोध भएको छ ।