जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार १५:३१

फेरि माधव निवास पुगे प्रचण्ड


काठमाडौं, साउन १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ‘एमाले बरिष्ठ नेता’ माधवकुमार नेपाल भेट्न कोटेश्वर पुग्नुभएको छ । एमाले एकताको लागि दोस्रो तहका नेताहरु तीब्र गृहकार्यमा रहेको बेला प्रचण्ड आज दिउसो माधव निवास पुग्नुभएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले आज बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री देउवासँग भेटलगत्तै प्रचण्ड नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो । भेटमा प्रचण्डले सरकारमा सहभागी नभए पनि सत्ता गठबन्धनमै रहन आग्रह गर्नुका साथै एमालेमा नफर्कन सुझाउनु भएको खुमलटार स्रोतले जनाएको छ ।

माधवलाई सरकारमा सहभागी गराउने प्रयाश स्वरुप प्रचण्ड कोटेश्वर पुग्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भएको छलफलको निश्कर्ष लिएर प्रचण्ड माधव निवास जानुभएको हो ।