जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार ०७:३८

अमेरिकी विदेशमन्त्रीको भारत भ्रमणको सामरिक महत्व


यी साकारात्मक पक्ष वाहेक अमेरिका र भारतका विच मतभेद र मनभेदहरू पनि छन । भारतको रसिया र इरानसंगको समवन्धप्रति अमेरिका संसकित रहेको देखिन्छ । विगतका दिनमा क्वार्डलाई चूनौती दिन चीन, रसिया, र्टकी र इरानले एउटा साझा मञ्च निर्माण गर्न लागिरहेको कुरा जानकारहरूले आंशका गरेका छन । रुस र भारतको सुरक्षा साझेदारी उच्च भएकोले गर्दा अमेरिकाले भारतको रुसप्रतिको निर्भरतालाई कम गर्न यो यात्रा परिलक्षित रहेको छ । भारतीय पक्षले एचआएभी भिसा लगायत प्रविधि हस्तान्तरणको लागि अमेरिका सरकारलाई यो यात्रावाट दवाव दिन खोजेका छन । समग्रमा भन्ने हो भने विलकनको कोरोना कहरको विचमा भारतमा भौतिक रुपले भ्रमण गर्नु आफैमा अर्थपूर्ण रहेको छ

विपिन देव

विलङकनले यस पटकको भेटमा द्विपक्षीय, क्षेत्रीय र अन्र्तराष्ट्रिय मुद्दाहरूमा आप्mना समकक्षीय परराष्ट्रमन्त्री डा. जयशंकरसंग गरेका छन । ती मुद्दाहरूमध्ये अफगानीस्तानका मुद्दा एक प्रमुख हुन । अफगानीस्तानमा अमेरिका सेना हटाउने घोषणा भएलगत्तै मुद्दाहरू भारत र अमेरिकाले गरेको भगिरथ मेहनथ वा जनधनको लगानीको प्रतिफल के होला भन्ने कुरामा दुईवटै परराष्ट्र मन्त्रीहरूले धीर र गम्भीर रुपले छलफल गरेका छन । विगत बीस वर्षमा अमेरिका र भारतको पहलमा महिलाहरू स्कूल जान सक्ने वातावरण आंशिक रुपमा तयार भएको थियो । केही हदसम्म प्रजातान्त्रिक अभ्यासको थालनी भएको थियो । भारतीय लगानीमा संसद भवनसमेत निर्माणाधीन अवस्थामा थियो । सामाजिक जागरणका साथसाथै जनमानसले मानव अधिकारको स्वाद चाख्न थालिसकेका थिए ।

तालिवानाको वर्चश्व वढने वित्तिकै अमेरिका र भारतले गरेको प्रयास धरासाही हुने विश्लेषण भारतका सामरिक जानकार डा. चौलीयाले गरेका छन । तर भारतीय सम्वादलाई सम्वोधन गर्दै विलकनले अफागानीस्तानको पूर्ननिर्माणलगायत मानव कल्याणको मुद्दाप्रति अमेरिका संवदेनशिल रहेको कुरा जानकारी गराएको देखिन्छ । अर्थात अमेरिका र भारतले लालिवानीहरूसंग पनि सम्र्पक र सम्वन्ध बनाउ‘दै उनीहरूको कटरपन्थी स्वभावलाई परिमार्जित गर्न सक्रिय देखिएको छ । तालिवानको शक्ति र साधनले मद्दत गर्ने देश पाकिस्तानको रणनीतिप्रति अमेरिका सचेत रहेको देखिन्छ । पाकिस्तान आफै आर्थिक संकटमा रहेको अवस्थाले गर्दा तालिवानीहरूलाई धनराशीलगायत अन्य सैन्य सूविधा उपलब्ध गराउन पाकिस्तान सक्षम नरहेको कुरा भारतका पूर्वराजदुत विष्णु प्रकाशको बुझाई देखिएको छ । तर भर्खरै तालिवानी नेताहरूको चीन यात्रा सम्पन्न गरी चिनियाँ विदेशमन्त्रीसंग समेत भेटघाट भएको अवस्थाले आउने दिन तालिवानी र चीनको सामिप्यता र निकटता बढ्ने संकेत पनि जानकारहरूको रहेको छ । यस परिदृश्यमा विलकनले अफगानीस्तानमा पाकिस्तान र चीनको सक्रियतालाई निस्तेज गर्न अमेरिका र भारतको सहकार्य र सहयात्रामा जोड दिएको छ ।

विगतका दिनमा चिनियाँ खोपको विश्वसनियताप्रति साउथ इष्ट एसियाका देशहरू सार्वजनिक रुपमा नै आप्mना धारणा प्रकट गरेका छन् । यस परिदृश्यमा भारतले गरिव राष्ट्रहरूको जनताको लागि खोप उत्पादन गर्न सकोस भन्ने अमेरिकालगायत प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरूको धारणा रहेको देखिन्छ । विलकनको यात्राको अर्को उद्देश्य नै इण्डोप्यासिफिक रणनीतिलाई अगाडि बढाउनु हो । अर्को शब्दमा भन्ने हो भने इण्डोप्यासिफिक क्षेत्रमा चीनको दवदवा र चिनियाँ गुरुयोजना (रेशम मार्ग) को प्रतिउत्तरमा दक्षिण एसिया र पूर्वीय एसियामा पूर्वाधार र विकासका योजनालाई अगाडि बढाउन कर्वाडको सक्रियता र सहभागीतामा पनि विलकनको यात्रा अभिप्रेरित रहेको छ । म्यानमार, श्रीलङका, फिलिपिन्स, नेपाललगायत कमोजर अर्थतन्त्र भएका मुलुकहरूमा विकास र निर्माणको योजना अगाडि ल्याउन र त्यसमा भारतलगायत अष्ट्रेलिया, जापान र अमेरिकाको सहभागीताको लागि जर्मको गर्नु पर्ने कुरामा पनि विलकनको जोड रहेको छ ।

अमेरिका र भारत दुवटै मुलुकहरू सुरक्षा परिषदको सदस्य भएको नाताले संसारको सुरक्षा व्यवस्थाको अवस्थाको वारेमा पनि भारतीय परराष्ट्रमन्त्री डा. जयशंकर र विलकनले गम्भीर छलफल गरेको देखिन्छ । वातावरणीय परिवर्तन (क्लाइमेट चेन्ज)को मुद्दामा पेरिश सम्झौतालाई अगाडि बढाउन भारत र अमेरिका साथ साथै वढ्ने समेत प्रतिवद्धता जाहेर भएको छ । यी साकारात्मक पक्ष वाहेक अमेरिका र भारतका विच मतभेद र मनभेदहरू पनि छन । भारतको रसिया र इरानसंगको समवन्धप्रति अमेरिका संसकित रहेको देखिन्छ । विगतका दिनमा क्वार्डलाई चूनौती दिन चीन, रसिया, र्टकी र इरानले एउटा साझा मञ्च निर्माण गर्न लागिरहेको कुरा जानकारहरूले आंशका गरेका छन । रुस र भारतको सुरक्षा साझेदारी उच्च भएकोले गर्दा अमेरिकाले भारतको रुसप्रतिको निर्भरतालाई कम गर्न यो यात्रा परिलक्षित रहेको छ । भारतीय पक्षले एचआएभी भिसा लगायत प्रविधि हस्तान्तरणको लागि अमेरिका सरकारलाई यो यात्रावाट दवाव दिन खोजेका छन । समग्रमा भन्ने हो भने विलकनको कोरोना कहरको विचमा भारतमा भौतिक रुपले भ्रमण गर्नु आफैमा अर्थपूर्ण रहेको छ ।