जनता टाइम्स

५ असार २०७६, बिहीबार १३:५७

स्थानिय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न पाउँदैनन्ः मन्त्री पण्डित


काठमाडौं, असार ५

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताउनु भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमा मन्त्री पण्डितले “दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै पनि कार्यक्रम गर्दा प्रादेशिक तथा स्थानीय तह क्षमता विकास कार्यक्रमसँग समन्वय गरेर मात्र काम गर्नुपर्दछ ।”

मन्त्री पण्डितले संघीयता कार्यान्वयनको चरणमा शुरु शुरुको बेलामा काममा अप्ठ्यारा भए पनि अहिले भने कानून र कर्मचारी पुगेकाले सजिलो भएको बताउनु भयो ।

उहाँले स्थानीय तहले आफूसँग भएको अधिकार पर्याप्त प्रयोग नगर्दा अहिले काम नदेखिएको भन्दै अधिकार प्रयोग गरी परिमाण ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो ।