Untitled Document

मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर

सिमरा (बारा), २७ भाद्र

प्रदेश नम्बर दुईकै उत्कृष्ट जीतपुर सिमरा उपमहानगर पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा पर्ने उपमहानगभित्र देशकै दोस्रो अन्र्तराष्ट्रिय बिमानस्थल र बिशेष आर्थिक क्षेत्र(सेज) निर्माणको प्रक्रियामा छ । तराई मधेस द्रुतमार्ग नजिकै रहेको उपमहानगरभित्रै पर्सा राष्ट्रिय निकुञ्ज पनि पर्दछ । चारतारे स्तरको होटल सञ्चालनले पनि यस उपमहानगरलाई अझ बढी सम्भावना बोकेको नगरको सूचीमा राखेको छ ।

जनसंख्याका आधारले मात्र उपमहानगर बनेको बाराको जितपुर सिमरा उपमहानगरमा बिकास र पर्यटनका संभावना धेरै हुँदाहुँदै पनि सोचेजस्तो बिकासको अनुभव स्थानीयबासीले गर्न सकेका छैनन् । प्रशस्त प्रर्यटन बिकासका आधारहरु रहेको यस नगरमा सम्भावना धेरै भएपनि बिकासले फड्को मार्न नसकेकाले जीतपुर सिमरा उपमहानगरभित्रका नागरिक लामो समयदेखि निराश छन ।

एक लाख १५ हजार जनसंख्या र ५७ हजार मतदाता रहेको यस उपमहानगरका नागरिक लामो समयदेखि बिकाशको प्रतिक्षामा छन । देशमा भएका थुप्रै आन्दोलनको अगुवाई गर्ने स्थानमध्येको एक जीतपुर सिमरा उपमहानगरका नागरिक स्थानीय तहको निर्वाचनपछि भने बिकासको ढोका खुल्ने र नगर समृद्धितर्फ अघि बढ्नेमा आशावादी छन् । निराश नगरबासीको चाहनालाई पुरा गर्न यतिबेला विभिन्न राजनितिक दलका उम्मेदवार आफनो एजेण्डा लिएर नागरिकको घरदैलोमा पुग्न थालेका छन ।

जनताको बिश्वास बटुल्न र जनचाहना अनुसार काम गर्ने प्रतिबद्धतासहित मतदाताको घरघरमा पुग्नेमध्येका सवैभन्दा बलिया उम्मेदवार हुनुहुन्छ, ४५ बर्षीय डा. कृष्ण पौडेल । सामाजिक र सहकारी अभियन्ताका रुपमा लामो समयदेखि सक्रिय डा. पौडेललाई नेकपा एमालेले उपमहानगरको प्रमुखको रुपमा अघि सारेको छ । सामाजिक गतिविधिमा सक्रिय पौडेल उपमहानगरका जनताबीच निकै परिचित अनुहार हुनुहुन्छ । विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गर्दै सफलता हात पारेका पौडेललाई एमालेले अघि सारेपछि नगरबासी यतिबेला खुसी देखिन्छन ।

एमालेले उम्मेदवार बनाएपछि पौडेल घरदैलोमा ब्यस्त छन् । मतदाताको घरघरमा पुग्दै पौडेलले अबका दिनमा निराश हुन नपर्ने र जनताको चाहनाअनुसार नै काम गर्ने प्रतिवद्धता जनाइ रहनु भएको छ । सहकारीमा बिद्यावारिधि गर्नुभएका पौडेलले उपमहानगरभित्रको वर्तमान अवस्था र अबको दिनमा काम गर्ने योजनाको खाका तयार गरिसकेको बताउछन । संमृद्ध महानगर बनाउने योजनासहित उमहानगरको नेतृत्व गर्न अघि सरेको भन्दै पौडेलले अबको दिनमा जनताले निराश हुने अवस्था आउन नदिने बताउछन ।

‘जनताले चाहने भनेको बिकास, संमृद्धी र स्वस्थ समाज हो । संमृद्ध र स्वस्थ समाज भनेको जनताको रोजगारी, बिकाशका सबै पूर्वाधार हुन,’ पौडेलले भन्नुभयो, ‘यी असम्भव कुरा होईनन्, संमृद्ध उपमहानगर बनाउने योजनासहित जनताको घरदैलो पुगेको छु । पक्कै पनि पुरा गर्नेछु ।’ संमृद्ध महानगरको आधार निर्माण गर्ने लक्ष्यसहित निर्वाचनमा होमिनु भएका पौडेलले काम गर्ने आफ्नो योजना समेत मतदातालाई जानकारी गराइ रहनु भएको छ ।

तीन महिनाभित्र रणनीतिक लक्ष, मार्गचित्र, पञ्चवर्षीय आवधिक योजना, अल्पकालीन कार्ययोजना र आवधिक मूल्यांकनको आधारमा काम गर्ने पौडेलको लक्ष्य छ । उपमहानगरको सम्भावना र समस्याका बारेमा जानकार पौडेलले देशकै उत्कृष्ट उपमहानगर बनाउने सपना बोकेका छन् । ‘उत्कृष्ट उपमहानगर बनाउने र महानगरको आधार खडा गर्ने मेरो लक्ष्य हो,’ पौडेलले भन्नुभयो ‘जनताको चाहना पनि मेरो जस्तै नै हो, त्यसैले यतिबेला सक्षम नेतृत्वको आवश्यकता छ, जनताले साथ दिनुहुनेछ ।’

को हुन डा. पौडेल ?

 

जीतपुर सिमरा उपमहानगरको प्रमुखका रुपमा यतिबेला मतदातासामु आफ्नो योजना सुनाईरहेका डा. कृष्ण पौडेलको जन्म २०२९ सालमा भएको हो । रामप्रसाद पौडेल र विष्णुदेवी पौडेलको पहिलो सन्तानका रुपमा पौडेल मकवानपुरको न्युरेनी चिसापानीमा जन्मिनु भएको हो । पाँच दाजुभाई र दुई दिदीबहिनीमध्ये जेठा पौडेलको अहिले स्थायी बसोबास जीतपुरसिमरा उपमहानगर १५ मा रहेको छ ।

नेकपा एमालेको राजनितिमा लामो समयदेखि सक्रिय पौडेल २०५८ सालदेखि जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । करिब १५ बर्ष पार्टीको जिल्ला प्रचार बिभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका पौडेल प्ररायुसंघ, अनेस्ववियु हुँदै पार्टीको राजनितिमा सक्रिय हुनुभएको हो । विभिन्न आन्दोलनको अगुवाई गर्ने पौडेद ६२/६३ आन्दोलनमा २४ दिनसम्म शाही हिरासतमा रहनु परेको थियो । सहकारी बिषयमा विद्यावारिधी, ब्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक पौडेलले जापान, सिंगापुर, बैंकक दक्षिण कोरिया, पाकिस्तान, श्रीलंका, मलेशिया, भारत जस्ता देशको भ्रमण गरेर अनुभव बटुल्नु भएको छ ।

एक छोरा र एक छोरीका पिता डा. पौडेल डुमरवाना बहुमुखी क्याम्पसका सञ्चालक अध्यक्ष, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक, नेपाल अडिटर्स एशोसिएसनका प्रथम केन्द्रीय उपाध्यक्ष, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ । बिकाश निर्माणमा स्पष्ट भिजनकारी नेताका रुपमा पनि पौडेल परिचित हुनुहुन्छ ।

 

सिमरामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका पौडेलले देशकै उत्कृष्ट सहकारीको रुपमा हातेमालोलाई उम्भ्याई सक्नुभएको छ । संघसंस्थाको नेतृत्वका बारेमा जानकार पौडेललाई स्थानीयले पनि सफल नेतृत्व गर्ने ब्यक्तिका रुपमा हेर्ने गरेका छन । विधि र प्रणाली भन्दा बाहिर गएर काम नगर्ने नेतृत्वका रुपमा समेत हेरिन्छन् उनि । संघसंस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न देश घुमेका पौडेलसंग अन्र्तराष्ट्रिय अनुभव पनि छ । संमृद्ध मुलुकले अपनाएको रणनीतिसँग जानकार पौडेलले उपमहागर प्रमुख भएपछि आफ्नो अनुभवलाई ब्यवहारमा उतार्ने तयारी गर्नुभएको छन ।

‘थुप्रै देश घुम्ने क्रममा मैले त्यहाँको बिकासको सुरुवाती अवस्थाका बारेमा गहन अध्ययनसमेत गरेको छु । ती काम हामीले गर्न नसक्ने होइन,’ पौडेलले भन्नुहुन्छ, ‘मैले मेरो अनुभवलाई आफ्नो उपमहानगर संमृद्ध बनाउनका लागि प्रयोग गर्ने हो । पक्कै पनि सफल हुनेमा आशाबादी पनि छु ।’ आवश्यक नीति निर्माण गर्ने र त्यसलाई सही रुपमा कार्यान्यवन गर्न सक्यो भने पनि धेरै सफलता मिल्ने उहाँको भनाई छ ।

उपमहागरको पूर्वाधार निर्माणसंगै जेष्ठ नागरिक, युवा, महिला लक्षित कार्यक्रम, मधेशी थारु बुहारी कार्यक्रम, दलित, आदिवासीजनजाति र सीमान्तीकृत समुदायका लागि प्रभावकारी योजना ल्याउने उनको सोच छ । कृषिको बढी सम्भावना रहेको उपमहानगरमा बजार व्यवस्थापन, वित्तीय सशक्तिकरणसहित घरेलु उद्यम व्यवसायको प्रवद्र्धन र स्वरोजगारी सिर्जना गर्ने पौडेलको लक्ष्य छ । सहकारीमार्फत समुदायको वित्तिय तथा गैरवित्तीय समाधान दिने र जीवनस्तरमा परिवर्तन ल्याउने उनले सोच पनि उहाँले बनाउनु भएको छ ।

उपमहानगरकै ठुलो समस्याको रुपमा रहेको अब्यवस्थित बसोबासलाई ब्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राखेका पौडेलले खेतीयोग्य जमिनको संरक्षण गर्नका निम्ति प्लटिङ न्युनीकरण र कानूनको दायरामा ल्याउने उहाँ बताउनु हुन्छ । ब्यवस्थित चक्रपथसहित उपमहानगरभित्र सबै स्थानमा सडकको सुविधा, गांउमा सामुदायिक भवन, क्लव, खेलमैदान, वाचनालय, व्यायामघर निर्माण गर्ने उहाँको सोच छ ।

औद्योगिक क्षेत्रतर्फ वीरगञ्ज–पथलैया औद्योगिक करिडरको प्रवद्र्धनमार्फत उद्योगको पर्याप्त विकास र सम्वद्र्धन गर्न सक्रिय रहने प्रतिबद्धता मतदातामाँझ उहाँको छ । स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन, वन तथा वातावरण संरक्षण, बसपार्क, पार्क बनाउनुका साथै उपमहानगरभित्र, बाहिर र विदेशमा रहेका सबै नागरिकलाई प्रविधिको माध्यमबाट जोडेर उपमहानगरको बारेमा जानकारी गराउने योजना उहाँको छ ।

साविकको गाविस पिपरासिमरा, भवानीपुरजितपुर, डुमरवाना, फत्तेपुर, छातापिप्रा, अमलेखगंज, इनर्वासिरा, रामनगर र रामपुरटोकनी समेटेर बनेको उपमहागर मध्यतराईको महत्वपूर्ण गन्तब्यका रुपमा हेरिएको छ । यस उपमहानगर बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुभौगोलिक विविधतायुक्त स्थान, उच्च सामुदायिक चेतनास्तर रहेको भन्दै पौडेलले संमृद्ध उपमहानगर बनाउने आफ्नो योजनामा सबैको साथ पाउने बताउनु हुन्छ ।

२७ भाद्र २०७४, मंगलवार १४:५८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *