Untitled Document

प्रदेश नम्बर-२ को चुनाव : ओलीको ब्रह्‍‌मास्त्र

देशको संविधान मान्दिनँ भनेर विदेशीको आडमा नाकाबन्दी लगाउने मतियारहरू कसको विरुद्ध धारे हात लगाइरहेछन ? स्थानीय चुनावलाई देशभर एकैपटक हुन नदिएर लामो समय नेपाल बन्धक बनाउन खोज्ने तथाकथित मधेसी नेताहरू कसको विरुद्ध तथानाम बोलिरहेछन् ? नेपाल आमालाई यही देशमा बसेर कसले रन्डी भनिरहेको छ ? भारतीय सत्तापक्ष कसको विरुद्ध नेपालका पार्टीहरू एकजुट भएर चुनाव लड्नुपर्छ भनिरहेछ ? यो सबै एउटै व्यक्तिविरुद्ध लक्षित छ र त्यो अरू कोही होइन, एमाले अध्यक्ष केपी शर्मा ओली हो

कृष्णमुरारी भण्डारी

आमबुद्धिजीवी, पत्रकार मित्रहरू, विश्लेषक र अग्रजहरू सोध्दैछन असोज २ गते तराईमा हुने निर्वाचनमा के हुन्छ ? कसले जित्छ ? कसले हार्छ ? एमाले अन्य प्रदेशमा जस्तै अगाडि नै हुन्छ कि कांग्रेस-माओवादी गठबन्धनले पछार्छ ? मधेसी दलले कति गाउँरनगरमा जित्लान ?

उनीहरूका समसामयिक प्रश्न र तेस्रो चरणको स्थानीय चुनावले कत्ति पनि आकर्षित गर्न सकेकै छैन। कसले जित्छ र कसले हार्छ भन्ने विषय नै आकर्षक रहेन। महत्वपूर्ण के मात्र भने देशका सात प्रदेशमध्ये ६ वटामा जस्तै २ नम्बर प्रदेशमा पनि चुनाव हुने भयो । मंसिरमा हुने भनिएका प्रदेश र संसदीय निर्वाचनतर्फ ध्यानाकृष्ट हुनथालेको छ।

अन्तिम चरणको स्थानीय निर्वाचनमा जनताले पहिलेजस्तै अभिमत दिए परिणाम प्रान्तीय र केन्द्रीय निर्वाचनमा आयो भने के हुन्छ ? अर्थात्, एमालेले स्थानीय निर्वाचनमा पाएजस्तै सफलता पायो भने नेपालले अहिले भोगिरहेका अप्ठ्यारा समाधान हुन्छन ?

नेपालमा स्थायित्व आउँछ ? एमालेको पक्षमा जनलहर उर्लिएपछि आत्तिएका कांग्रेस र माओवादीले प्रान्तीय चुनाव र संसदीय निर्वाचनमा कस्तो रणनीति अपनाउलान ? भारतीयले भनेको मान्लान ? त्यसले एमाले लहर रोक्न सक्छ ?

भारतीय संस्थापन पक्षले कांग्रेस–माओवादी एकतालाई सुदृढ गर्दै मधेसी दलहरूलाई पनि यही मोर्चामा एक गराएर मात्रै एमालेको विजयी अभियानलाई पूर्णविराम लगाउन सकिने मत व्यक्त गरिसकेका छन ।

तीखो नजर

भारतीयहरूको रणनीतिलाई तीखो नजरले हेरिरहेका रणनीतिवाजहरू बोल्न पनि थालिसकेका छन्। राजनीतिशास्त्रका एक प्राध्यापकले भने, माओवादी र कांग्रेसवृत्तका विश्लेषक, टिप्पणीकार र चुनावी रणनीतिवाजहरू भारतीय विचारलाई पुठ दिएर अखबारहरूमा देखिन थालेका छन ।

एमाले अध्यक्ष केपी ओलीले भारतीय रणनीति बुझेरै हुनुपर्छ, आफ्ना कुरा जबर्जस्त अगाडि ल्याएका छन । टीभी, रेडियो र पत्रिकामा पूर्ण अन्तर्वार्तामार्फत गएको साता ओली छाए नै। यसले प्रान्तीय र संसदीय चुनाव कति महत्वपूर्ण हुनेवाला छ भन्ने सकेत गरेको छ। साँच्चै भारतीयहरूले भनेजस्तै कांग्रेस, माओवादी र मधेसीहरूको राजपा मिलेर चुनाव लडे भने उनीहरूले संसद्मा बहुमत पाउन सक्लान ? सके भने के उनीहरू भारतले भनेबमोजिम संविधान संशोधन गरेर नेपाललाई भारतीय स्याटलाइट बनाउन सफल हुनेछन ? एमालेको राष्ट्रवादी देशभक्त शक्तिलाई सधैंको लागि किनारा लगाउनेछ ? एकछत्र नेपालमा आफूले चाहेको गर्नेछ ?

अथवा तीन दल मिल्दा पनि बहुमत ल्याउन सकेनन् र एमालेलाई स्थानीय चुनावमा जस्तै जनताले बहुमत दिए भने के हुन्छ ? भारतले यस्तो अवस्थामा केकस्ता कदम चाल्न सक्छ ? ती प्राध्यापकले भने, यस्तो भयो भने भारत तिलमिलाउनेछ र अहिलेसम्म नेपाली जनताविरुद्ध प्रयोग नभएको नेपालको एक मात्र शक्ति (नाम नभनौं) लाई नै उठाउन पनि पछि पर्दैन। तर त्यस्तो कदम कथंकदाचित चाल्यो भने भारतले पनि ठूलै मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुनसक्ने प्रबल सम्भावना छ।ओली भर्सेस अरू सबै ?

नेपाली राजनीतिले नितान्त नौलो मोड लिइरहेको देखिँदैछ। पढालिखा, विद्वान् र अनुभवी राजनीतिज्ञहरू प्रस्टसँग भन्न सकिरहेका छैनन्, नेपाली राजनीतिको यो मोडको मियो कहाँ छरु को हो त्यो मियो ? तर उनीहरू हाउभाउ र इसारा तथा भावभंगिमाबाट त्यो मियोबारे बताउँछन्, नाम लिन भने हच्किन्छन ।

ओलीकै नेतृत्वको सरकारले ज्यानमारा भारतीय नाकाबन्दीको डटेर मुकाबिला गर्‍यो। नेपाली स्वाभिमानी शिरलाई उनले भारतको चरणमा लगेर त्वम् शरणम् गरेनन। उत्तरी छिमेकी चीनलाई सहमत गराएर नाकाबन्दीको बेला ओलीले पेट्रोलियम पदार्थ भित्र्याए। नेपालमा रेलमार्ग बनाउन चीनसँग सम्झौता मात्र गरेनन् कि उत्तरी सिमानाबाट प्रशान्त महासागरसम्म पुग्ने नाका खोल्न व्यापार पारवहन सम्झौता नै गरे। चीनका राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमण गर्न राजी बनाए। यही कारण ओलीलाई वैधानिक कू गरेर देशी/विदेशी मिलेर हटाए। तर पनि ओली आफ्नो अडानबाट एकरत्ति पछि हटेनन्। यही मुद्दा लिएर एमाले जनताबीच स्थानीय चुनावमा गयो र जनताको अभूतपूर्व समर्थन पाएको छ। यसले उसका विरोधीलाई शीतांग पारेको छ 

यसको कारण के हो ? ती राजनीतिक विश्लेषकले भने, यसमा लुकाउनुपर्ने कुरा के छ ? यो त जगजाहेर छ नि १ देशको सत्तापक्ष कसलाई रातदिन आलोचना गरिरहेछ ? कसले गर्दा उनीहरूले चाहेको गर्न पाइएन भनेर मुर्मुरिँदैछन ? प्रधानमन्त्री तथा ठूलो दलका नेता कसको आलोचनामा दिन बिताइरहेछन ? जनयुद्धका नायक भनिने प्रचण्ड कसको आलोचनामा भुटभुटिइरहेका छन ?

देशको संविधान मान्दिनँ भनेर विदेशीको आडमा नाकाबन्दी लगाउने मतियारहरू कसको विरुद्ध धारे हात लगाइरहेछन ? स्थानीय चुनावलाई देशभर एकैपटक हुन नदिएर लामो समय नेपाल बन्धक बनाउन खोज्ने तथाकथित मधेसी नेताहरू कसको विरुद्ध तथानाम बोलिरहेछन् ? नेपाल आमालाई यही देशमा बसेर कसले रन्डी भनिरहेको छ ? भारतीय सत्तापक्ष कसको विरुद्ध नेपालका पार्टीहरू एकजुट भएर चुनाव लड्नुपर्छ भनिरहेछ ?

यो सबै एउटै व्यक्तिविरुद्ध लक्षित छ र त्यो अरू कोही होइन, एमाले अध्यक्ष केपी शर्मा ओली हो। ओलीकै अग्रसरतामा संविधानसभाले नेपालको संविधान नब्बे प्रतिशत बढी सदस्यको सहमतिमा घोषणा गर्‍यो। सुशील कोइराला प्रधानमन्त्री हुँदा नाकाबन्दी सुरु भयो तर मार खेपे ओलीले।

ओलीकै नेतृत्वको सरकारले ज्यानमारा भारतीय नाकाबन्दीको डटेर मुकाबिला गर्‍यो। नेपाली स्वाभिमानी शिरलाई उनले भारतको चरणमा लगेर त्वम् शरणम् गरेनन। उत्तरी छिमेकी चीनलाई सहमत गराएर नाकाबन्दीको बेला ओलीले पेट्रोलियम पदार्थ भित्र्याए। नेपालमा रेलमार्ग बनाउन चीनसँग सम्झौता मात्र गरेनन् कि उत्तरी सिमानाबाट प्रशान्त महासागरसम्म पुग्ने नाका खोल्न व्यापार पारवहन सम्झौता नै गरे। चीनका राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमण गर्न राजी बनाए।

यही कारण ओलीलाई वैधानिक कू गरेर देशी/विदेशी मिलेर हटाए। तर पनि ओली आफ्नो अडानबाट एकरत्ति पछि हटेनन्। यही मुद्दा लिएर एमाले जनताबीच स्थानीय चुनावमा गयो र जनताको अभूतपूर्व समर्थन पाएको छ। यसले उसका विरोधीलाई शीतांग पारेको छ । ओलीलाई नेपालभित्र मात्र होइन, विदेशमा बस्ने नेपाली डायस्फोराले पनि विश्वास गरेको छ। देशभक्त, राष्ट्रवादी, विदेशी महाप्रभुसमक्ष नझुक्ने, भारत चीन दुवै छिमेकीसँग स्वाभिमानका साथ भ्रातृत्वपूर्ण सम्बन्ध राखेर अगाडि बढ्ने नेताको रूपमा ओली स्थापित भएका छन।

घटनाहरूबाट सावित भएको छ, ओलीको तीक्ष्णता। भारतमा गएर ओलीले शिर ठड्याएर मोदीसँग जसरी कुरा गरेका थिए, न देउवा न त प्रचण्ड दुवैले मोदीसँग त्यसको छेउ पनि बोल्न र कुरा राख्नै सकेनन्। टीभीबाट प्रत्यक्ष प्रसारण हेरिरहेका नेपालीलाई यसबारे कसैले बताइरहनै परेन। देउवा र प्रचण्डले के गरे, ओलीले के गरे ?

विदेशीको हैकम, दायाँबायाँ र अपमानपूर्ण व्यवहारको डटेर सामना गर्ने ओलीले शिर ठाडो पारेर आफ्ना विचार र धारणा स्पष्टसँग राखिरहेछन । जुन कारणले भारतीयहरू ओलीविरुद्ध लागे, उनलाई कसरी नेपाली राजनीतिमा कमजोर बनाउने भनेर भारतीयहरू जति बढी साम, दाम, दण्ड नीति अपनाइरहेछन्, ओली त्यति नै बढी आमजनताको मनमा पुगिरहेका छन्। उनका कदम सत्य सावित भइरहेछन्।
भर्खरै नेपालका विदेशमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा गए, उनले चीनसँग तिनै कुरालाई अगाडि बढाए, जसको जग ओलीले हालेका थिए। ओलीले सुरुआत गरेका कामलाई नै महराले निरन्तरता दिए, फेर्न सकेनन्।

घटनाहरूबाट सावित भएको छ, ओलीको तीक्ष्णता। भारतमा गएर ओलीले शिर ठड्याएर मोदीसँग जसरी कुरा गरेका थिए, न देउवा न त प्रचण्ड दुवैले मोदीसँग त्यसको छेउ पनि बोल्न र कुरा राख्नै सकेनन्। टीभीबाट प्रत्यक्ष प्रसारण हेरिरहेका नेपालीलाई यसबारे कसैले बताइरहनै परेन। देउवा र प्रचण्डले के गरे, ओलीले के गरे ?

भारतको कारण नै भारत नेपालमा बद्नाम भइरहेको छ। पटकपटक फेल खाइरहेको छ। ओलीको पाप भनेको भारतीय नाकाबन्दीसामु नझुक्नु र नेपालको हित, विकास, कनेक्टिभिटी र समृद्धिलाई दृढताका साथ उठाइरहनु र भारतले पटकपटक नाकाबन्दी गरेर नेपाललाई दिइरहने धम्कीको विकल्प खोज्नु र दबाबसामु नगल्नु हो। ओलीको ब्रह्मास्त्र भनेकै यही हो।

ओलीको ब्रह्मास्त्र

ओलीको ब्रह्मास्त्र फेल गर्ने हो भने भारतले साना छिमेकीहरूमाथिको हस्तक्षेप बन्द गर्नुपर्छ। भुपरिवेष्ठित मुलुकलाई समुद्रसम्म स्वतन्त्र रूपमा जान रोक्नु हुँदैन। नेपालीलाई नेपालीविरुद्ध उचाल्न छोड्नुपर्छ। समृद्धितर्फको नेपालको यात्रालाई सहयोग गर्दै रेल, सडकलगायत कनेक्टिभिटी र विकास निर्माणमा मद्दत गरेर मात्र ओली ब्रह्मास्त्रलाई निस्तेज पार्न सक्छ। तर बेलायती उपनिवेशवादीहरू फर्केपछि आफैंलाई बेलायत ठान्ने भारतीय व्यवहार रहुन्जेल उसले नेपालीको विश्वास पाउन सक्दैन।

बीपी गएपछि केपी ओली आएजस्तै अर्को नेपाली आइरहनेछ । ओली पछार्न ओलीकै अस्त्र भारत किन प्रयोग गर्दैन ? त्यसो गरे त ओली आफैं असफल भइहाल्छन् नि, ती प्राध्यापकले भने, भारतीय प्रधानमन्त्रीले पशुपतिमा तीन करोड मूल्यको चन्दन चढाएर गए, तर कहिल्यै भारतले सुरु गरेका योजना पूरा गर्ने काम गरेनन ।

बूढो साँढेले कोरली बाछी ओगटे झैं नेपालमा भारत परियोजनामा सम्झौता गर्छ तर तिनलाई कहिल्यै पूरा गर्दैन । ठूला परियोजनाका त कुरै छोडौं, गाउँगाउँ गएर भारतीय राजदूतले पैसा बाँडेका भनेका स्कुल आदिका भवनसमेत वर्षौंदेखि बनेका छैनन । सम्झौता भइसकेका योजना रद्द गरेर कि नेपालले अरू सहयोगी राष्ट्रहरूलाई आमन्त्रण गरेर दिने आँट गर्नुपर्‍यो होइन भने भारतीयले ठड्याएका साइनबोर्ड हेरेर आफ्नो स्रोतसाधन बगेको हेरिरहनुको च्यापोमा नेपाललाई दक्षिणी छिमेकीले च्यापेर हिरिकहिरिक मात्र बनाइरहेको कसलाई थाहा छैन ? सहयोग गरेको घोषणा गर्छ, न पैसा दिन्छ नत निर्माण गर्छ । त्यस्ता सहयोगको के मतलब ?

त्यसैले ओलीलाई आउँदा चुनावमा ठेगान लगाउन कांग्रेस, माओवादी, मधेसी दलहरूको गठबन्धन गराएर भारतले बेइज्जत बेहोर्नुभन्दा ओलीले भनेभन्दा बढी काम गरेर देखाए अथवा गर्छु भनेका काम गर्‍यो भने ओलीको ब्रह्मास्त्रको शक्ति सकिनेछ। कांग्रेस, माओवादी र मधेसी दलको समर्थनमा बनेको देउवा सरकार छँदैछ, होइन, काम केही नगर्ने र नेपालीलाई प्रताडित र बेइज्जत गरेर तीन होइन, चौंतीस दल मिले पनि त्यसले केही नाप्न सक्दैन। ७० वर्षदेखि आफ्नै कश्मीर र पूर्वोत्तर राज्यहरूमा सेना परिचालन गरिरहेको भारत नेपालमा उधारोमा कसरी सफल हुन सक्छ ?

भारतसँग मिलेर पञ्चेश्वर योजना बनाएपछि दुवै देशलाई फाइदा हुने ठानेर ओली पनि सम्झौताको पक्षमा रहे। तर महाकालीको पानी हत्याउने भारतीयको प्रपञ्च ओलीले बुझेपछि नै उनको भारतप्रतिको विश्वास बिलाएको हुनुपर्छ। त्यसपछिका घटनालाई क्रमबद्ध भएर हेर्ने नै हो भने ओलीले उत्तरी छिमेकी चीनलाई व्यापार र पारवहन सन्धि गरेर रेल, मेट्रो, औद्योगिक र भन्सार सुविधा, पेट्रोलियम पदार्थ, राजमार्गहरूको निर्माणलगायत कृषि, उद्योग, खनिज, पर्यटन क्षेत्रमा नेपालमा विकास गर्न कन्भिन्स गराएका हुन।

चीनले नेपाललाई सधैं सहयोग गरी पनि रहेको छ। सगरमाथा नेपालको हो, बीपीले भने। चीनले नेपाललाई दियो, कचडा गरेन। दक्षिणतर्फ भारतजत्तिकै लामो उत्तरतिरको सिमामा चीनसँग कहींकतै विवाद छैन, तर भारतले कति ठाउँमा नेपाली भूमि हडपेको छ ? गनिसाध्य छैन।
सायद भारतका यी र यस्तै कारणबाट गलित बनेर बीपीले आत्मववृत्तान्त र जेलजर्नलमा मनका बह पोखेका होलान्। उनले भनेका छन्, नेपाली नेतालाई हैदराबाद भवनमा लगेर राख्दैमा के हुन्छ ?

(चर्चित बिश्लेषक भण्डारीको अन्नपुर्ण पोष्ट दैनिकमा आज प्रकाशित लेख साभार गरिएको हो)

२८ भाद्र २०७४, बुधबार ११:३१मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *