Untitled Document

सरकारी कार्यालयमा स्तनपान कक्ष निर्माण भएपछि महिलालाई स्तनपान गर्न सहज

पाँचथर, १३ माघ

सरकारी कार्यालयमा स्तनपान कक्ष निर्माण भएपछि महिलालाई स्तनपान गर्न सहज हुने भएको छ । पाँचथर जिल्लामा सरकारी कार्यालयमा पहिलो पटक स्तनपान कक्ष निर्माण गरिएको हो । सु–आहाराको सहयोगमा जिल्ला प्रशासन कार्यालय पाँचथरमा निर्माण गरिएको कक्षको शुक्रबार फिदिम नगरपालिकाको उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले शुभारम्भ गर्नुभयो ।

स्तनपान कक्ष निर्माण पश्चात सेवा लिन आउने स्तनपान गराइरहेका महिलालाई स्तनपान गर्न सहज होस् भन्ने उद्देश्यले यो कक्षको निर्माण गरिएको सु–आहाराका पाँचथर जिल्ला संयोजक भरत शर्माले जानकारी गराउनुभयो ।

यस कक्षमा सु–आहाराले बच्चाको लागि कोक्रो, खेलौना, पंखा, कार्पेट, पानी पिउने फिल्टर लगायतका सामग्री उपलब्ध गराएको छ । आगामी दिनमा यस कक्षको फिल्डमा खटिएका कर्मचारीले रेखदेख र संरक्षणको निम्ति काम गर्ने सु–आहारा पाँचथरले जनाएको छ ।

January 27, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *