जनता टाइम्स

११ आश्विन २०७६, शनिबार २०:१६

पारसको किर्तिमानी शतकको मद्दतले नेपालको जित


काठमाडौं, असोज ११

कप्तान पारस खड्काको शानदार शतकको मद्दतले नेपालले सिंगापुरमाथी नौ विकेटको सहज जित निकालेको छ । त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको छ ।

यो नेपालको लागि टि–२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो । १ सय ५२ रनको मध्यम लक्ष्य पक्ष्याएको नेपालले १६ ओभरमा लक्ष्य पूरा गरेको हो । पारसलाई आरिफले ३९ रन जोड्दै साथ दिए ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५१ रन बनायो । नेपाल विरुद्ध सुरुआत राम्रो गर्न नसके पनि उसका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गरे । २२ रनमा पहिलो विकेट गुमाएको सिंगापुरले ५७ रनमा दोस्रो तथा एक सय दुई रनमा तेस्रो विकेट खेर फाल्यो ।

उसका ओपनर रोहन रंगराजन छ रनमा आउट भए भने मनप्रित सिंह १५ रनमा पेभेलियन फर्किए । दुवै खेलाडीलाई करण केसीले आउट गरेका थिए । यस्तै सुरेन्द्रन चन्द्रमोहनलाई सुसान भारीले ३५ रनमा आउट पारे ।

सिंगापुरका लागि कप्तान टिम डेविडले अर्धसतकिय पारी खेले । उनले ४४ बलमा ६४ रन बनाए ।
यस्तै जनक प्रकाशले २५ रनको योगदान गरे । बलिङमा करणले दुई तथा आजको खेलमा सिनियर टिममा डेब्यु गरेका सुसान भारीले एक विकेट हात पारे । एक सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले सुरुआत भने राम्रो गर्न सकेन । उसले नौ रनमा पहिलो विकेट गुमायो । ओपनर इशान पाण्डे मात्र पाँच रनमा आउट भए ।

दोस्रो विकेटका लागि कप्तान पारस र आरिफ शेखबीच अर्धसतकीय साझेदारी भएको थियो । जसमा पारसले अर्धसतक बनाउन सफल भए । उनले २९ बलमा तीन चौका र चार छक्का प्रहार गरे ।

त्यसपछि पनि आक्रामक पारी खेल्दै उनले सतक प्रहार गरे । जसका कारण उनी टी–२० सतक बनाउने पहिलो नेपाली क्रिकेटर बने । उनले यसअघि मलेसिया विरुद्ध बनाएको ८६ रनको सर्वाधिक स्कोरलाई सुधार गर्न सफल भए । केही महिना अगाडि मलेसिया विरुद्धको टी–२० सिरीजको पहिलो खेलमा सो स्कोर बनाएका थिए ।

उनले सिंगापुर विरुद्ध उनले अविजीत ८७ रन बनाउँदै सो रेकर्डमा सुधार गरे । उनले यो क्रममा छ चौका र ८ छक्का प्रहार गरेका थिए । उनले आरिफ शेखसँग दोस्रो विकेटका लागि सतकीय साझेदारी पनि गरेका थिए ।