Untitled Document

दुई तिहाई मतका साथ भण्डारी राष्ट्रपतिमा निर्वाचित, शपथ बुधबार अपरान्ह ४ः०० बजे

काठमाडौं, फागुन २९

राष्ट्रपति विद्यादेवी भण्डारी नै दोस्रो कार्यकालका लागी अत्याधिक मत ल्याएर निर्वाचित भएकी छन् । दुई तिहाई मतका साथ दोस्रो कार्यकालका लागी निर्वाचित भण्डारीले अबको ५ वर्ष पुनः राष्ट्रप्रमुखको भूमिका रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

बाम गठबन्धन सहित राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी फोरमको मत भण्डारीले पाएकी थिइन् । भण्डारीले ३९ हजार २९५ मतभार पाउँदा कांग्रेसबाट उम्मेदवार बनेकी कुमारी लक्ष्मी राईले ११७३० मतभार पाएकी छन् ।

भण्डारी २७ हजार ५ सय ४५ बढी मतभारले विजयी भएकी हुन् । प्रदेशसभाका ५ जना र संघीय संसदका ३ जना सांसदको मत वदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको शपथ बुधबार अपरान्ह ४ः०० बजे

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिनुभयो ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी आजै दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ ।

March 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *