जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १४:४०

कांग्रेस नेता रामहरि खतिवडाले लगाए बहिनी कोपिलाबाट टीका


काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले बहिनी कोपिला भट्टराईबाट साइतमै भाइटिका लगाउनु भएको छ । ओखलढुंगाबाट संबिधानसभामा निर्वाचित नेता खतिवडाले डिल्लीबजारमा बहिनी कोपिलाबाट टिका ग्रहण गर्नुभएको हो । खतिवडासहित सवै दाजुभाईले टीका लगाउनु भएको हो ।

भट्टराईले सवै नेपालीको सुख, शान्ति र समृद्धिको कामनासहित तिहार मनाएको र टीका ग्रहण गरेको बताउनु भयो । ‘सवै नेपालीको भलो होस भन्ने कामना गरेर दिपावली मनाइयो, यही कामनासहित टिका ग्रहण गरियो,’ खतिवडाले जनताटाइम्ससँग भन्नुभयो ।