Untitled Document

मकालु एयरको कार्गो विमान बाजुराको बगरमा आपतकालीन ल्यान्ड

बाजुरा, जेठ २
सुर्खेतबाट सिमिकोटका लागि उडेर मकालु एयरको 9N-AUJ विमानमा समस्या आएपछि बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको छ । सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थल स्रोतले बतायो ।
,
चालक दलका दुवै सदस्य सकुशल छन् । कार्गो सामान लिएर उडेंको विमानमा चालक दलका दुई सदस्य मात्रै थिए ।सम्पर्कविहीन विमानले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको छ’, विमान स्थल स्रोतले भन्यो, ‘विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल हुनुहुन्छ ।’

सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको केही समयपछि विमानले बाजुराको बगरमा आपतकालीन अवतरण गरेको मकालु एयरले जनाएको छ ।उता बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले विमान भेटिएको जानकारी आएसँगै त्यसतर्फ प्रहरी टोली पठाइएको जानकारी दिए ।

May 16, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *