Untitled Document

गजल

हरि पौडेल/नेदरल्याण्ड

न फूल थियो न भमरा न माली थियो
शिशिर लागि बंगैचा सबै खाली थियो

पापी पेट भरौं भनि हात जोडी माग्दा
आशीर्वादको ठाउँमा मात्र गाली थियो

कोही बस्ने ठुला भवनमा कोही झोपडिमा
बाग्मती कै छेउमा दुर्गन्धित नाली थियो

माया गर्ने पर्देशीले बोकाई गयो नासो
सोझो देखिने भलादमी फटाहा जाली थियो

लाला बाला भोका कतै सुकुमबासी थिए
अन्न फ्याल्नेको घरमा नै खुशियाली थियो

July 3, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *