जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार १२:४८

जाभी बार्सिलोनामै रहने !


काठमाडौं, १३ बैशाख । जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहनुहुने भएको छ । यसअघि यस सिजनको अन्त्यपछि बार्सिलोना छोड्ने घोषणा गर्नुभएको जाभीले क्लबका अध्यक्ष र व्यवस्थापनका सिनियर पदाधिकारीहरुसँगको भेटपछि क्लबमै रहन सहमत हुनुभएको हो । यसअघि जाभीले पटक–पटक आफ्नो निर्णय नबदल्ने बताउँदै आउनुभएको थियो । तर पछिल्लो छलफलमा क्लबको अवस्था र भविष्यको योजनाको विषयमा स्पष्ट भएपछि उहाँले आफ्नो निर्णय बदलेको मिडिया रिपोर्टमा बताइएको छ ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले केहि दिनमै यस विषयमा घोषणा गर्ने बताइएको छ ।

जाभी २०२१ को नोभेम्बर ६ मा बर्सिलोनोको प्रशिक्षक बन्नुभएको थियो । उहाँको नेतृत्वमा बार्सिलोनाले २३९ खेलमा १५२ खेल जितेको छ भने ४६ खेल हारेको छ । त्यस्तै ४१ खेल बराबरी खेलेको छ । उहाँको नेतृत्वमा बार्सिलोनाले २–२२–२३ को ला लिगा र सुपर कोपा जितेको थियो । यस सिजनमा भने बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ भने ला लिगामा पनि ६ खेल खेल्न बाँकी हुँदा रियल म्याड्रिडसँग ११ अंकले पछाडी रहेको छ ।