जनता टाइम्स

२४ चैत्र २०७६, सोमबार ०९:३०

मान्छेबाट जनावरमा सर्न थाल्यो कोरोना : अमेरिकामा बाघमा देखियो कोरोना


काठमाडौं, चैत २४ । बिश्वभर महामारी बनेको कोरोना भाइरस मानिसबाट जनावरमा समेत सर्न थालेको पाइएको छ । अमेरिकामा चार बर्षेको पोथी बाघलाई कोरोना भाइरस देखिएपछि यस्तो तथ्य बाहिर आएको हो ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार ब्रोंक्स चिडियाखानाका बाघलाई परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको हो । नेशनल वेटरनरी सर्बिज लेबोरेटरीले उक्त बाघको टेष्ट मार्फत कोरोना भाइरस पोजेटिभ भएको पुष्टि गरेको छ । भाइरस कसरी वन्यजन्तुमा लाग्ने थाहा नभएको र अरु वन्यजन्तुमा चाडो परिक्षण गरिने छ ब्रोंक्स चिडियाखानाले जानकारी दिएको छ ।

त्यस्तै चिडियाखानामा अरु अन्य दुई बाघ र तीनवटा सिंहलाई सुख्खा खोकी लागेको जनाएको छ । वन्यजन्तुमा कोरोना भाइरस पोजेटिभ देखिएको यो पहिलो घटना हो । चिडियाखानामा उनीहरुलाई हेरचाह गर्ने व्यक्तिबाट कोरोना भाइरस सरेको हुनुपर्ने आशंका गरिएको छ । संरक्षण विज्ञहरूले कोरोना भाइरस वन्यजन्तुहरुका लागि पनि खतरा रहेको चेतावनी दिएका छन् ।