जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार १६:१६

कोरोनाबाट नेपालमा पहिलोपटक डाक्टरको मृत्यु


काठमाडौं, असोज १५

नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट डाक्टरको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरी सापकोटाको नेपालगञ्जको भेरी अस्पतालमा उपचारकै क्रममा निधन भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिनुभयो ।

डा. खड्काका अनुसार सापकोटालाई दुई साताअघि कोरोना संक्रमण भएको र तीन दिन सुर्खेतमै उपचार गरिएको थियो । तर स्वास्थ्यमा सुधार नभई झनै समस्या देखिएपछि भेरी अस्पतालमा रिफर गरिएको थियो । आज उपचारकै क्रममा उहाँको मृत्यु भएको छ ।