जनता टाइम्स

१४ बैशाख २०८१, शुक्रबार १४:२३

काठमाडौंको न्यूरोडबाट बरामद सुन र रकम सार्वजनिक


काठमाडौं, १४ बैशाख । प्रहरीले काठमाडौंको न्यूरोडबाट बरामद १ किलो ८ सय ग्राम सुन र डेढ करोड रकमसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित चार नेपाली र तीन भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा–३, टाँटे बस्ने वर्ष ४७ का गणेश दत्त बडु, झापा बिर्तामोड नपा–३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला टाटे नपा–३ का २१ वर्षीय आयुष बहु र झापा बिर्तामोड नपा–३ का २२ वर्षीय भातराज खोल छन् ।

तीन भारतीय नागरिकमा भारत महाराष्ट्र सांगली आटपाडी थाना ठेगानाका ३७ वर्षीय अमोल विभूत, सोही ठेगानाका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश वाल्टे छन् । उनीहरूको साथबाट १७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।