Untitled Document

संविधान संशोधनको विपक्षमा उभिनुपर्नेमा राप्रपा केन्द्रिय सदस्यको जोड

हेटौडा, भदौ २

राष्ट्रिय प्रजातान्त्रिक पार्टीको जारी केन्द्रिय कार्य समिति बैठकमा सदस्यले संविधान संशोधनको विपक्षमा उभिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
हेटौडामा जारी बैठकको दोस्रो दिन आज समसामयिक राजनीतिक बिषयमा आफ्नो धारणा राख्ने अधिकाशं सदस्यले संसदमा दफावार छलफलका क्रममा रहेको संशोधन विधेयकको विपक्षमा उभिन नेतृत्वलाई सुझाएका हुन् ।

केन्द्रिय सदस्यहरुले संशोधन विधेयक पारितका लागि सरकार र स्वयं राजपा नेपाल समेत गम्भीर नभएकाले पक्षमा मतदान गर्नुको कुनै तुक नरहेको बताएका छन् । कर्मकाण्डी हिसावले सरकारले संशोधन प्रक्रिया अघि बढाउन खोजेको कारण नैतिक रुपमा संशोधनमा पक्षमा आफुहरु रहन बाध्य नभएको सदस्यहरुको तर्क रहेको एक नेताले बताए ।

पार्टी विभाजन अघि संशोधनको पक्षमा मत राख्दै आएको राप्रपाले पछिल्लो समय सरकारको विपक्षमा उत्रने तयारी गरेको छ । बैठकको दोस्रो दिन आज प्रल्हाद शाह, श्याम शाही, कोमल वली लगायतका २६ बढी सदस्यले धारणा राखेका छन् । पार्टी विभाजनमा सरकारले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भूमिका खेलेको भन्दै उनीहरुले अब सरकारबिरुद्व कडा रुपमा उत्रन नेतृत्वलाई ध्यानकर्षण गराएका छन् । बिना सर्त समर्थन गरेपनि वर्तमान सरकारले पार्टी विभाजनमा सहयोगी बनेको भन्दै केन्द्रिय सदस्यहरुले यसअघिका निर्णयको स्वामित्न लिन राप्रपा बाध्यकारी नहुने धारणा राखेका थिए ।

२ भाद्र २०७४, शुक्रबार २१:४१मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *