Untitled Document

चलचित्र छक्का पन्जा २ को ‘झ्याम्म झ्याम्म’ नयाँ गीत सार्वजनिक

काठमाडौ । चलचित्र ‘छक्का पञ्जा–२ को नयाँ गीत सार्वजनिक भएको छ । आगामी असोज ११ गतेबाट  सिनेमा हलमा पर्दशनमा आउने तयारी गरिरहेको चलचित्रको नयाँ गीत सार्वजनीक भएको हो । पहिलो गीत ‘नाइलनको साडी’ले निकै चर्चा कमाइरहेको बेला अर्को नयाँ गीतले यो चलचित्रले बजार राम्रो लिने अनुमान गरिएको छ ।

गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर, किरण कँडेलको संगीत, उत्तम संजेलको शब्द रहेको छ । चलचित्रको यो भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ । गीतमा अतिथी कलाकार विल्सन विक्रम राइको नृत्य रहेको छ ।

चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की, दीपकराज गिरी र वुद्धि तामाङको नृत्य रहेको छ भने दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकार रहेका छन् ।

१२ भाद्र २०७४, सोमबार २३:१३मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *