जनता टाइम्स

१४ बैशाख २०८१, शुक्रबार १४:४५

उदयपुरको रौतामाईमा आगलागी हुँदा ५० लाखको क्षति


उदयपुर, १४ बैशाख । उदयपुर जिल्लाको रौतामाई गाउँपालिक–७ दोर्जेलिङ पुवारे भन्नेमा आगलागी हुँदा २ घर जलेका छन् भने रु .५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार २०८० वैशाख १३ गते बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उहाँका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो ।

आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित ३० लाख रुपैयाँ र छोरा रमेशको घरमा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए ।