जनता टाइम्स

१५ आश्विन २०७८, शुक्रबार १०:३७

लाभांश दिने प्रस्ताव पेस गर्न एनआईबीएल एसको साधारण सभा


काठमाडौं, १५ असोज । एनआईबीएल एस क्यापिटलको नवौं वार्षिक साधारण सभा (एजीएम) आज हुँदै छ । क्यापिटलले २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्न कम्पनीको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा अहिले ११ बजे एजीएम आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ ७ करोड दुई लाख रुपैयाँ छुट्याएको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, वासलातलगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेस हुनेछ ।