काठमाडौं, असोज १५ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । बिहीबार ८८ हजार ७ सय रुपैयाँका कारोबार भएको छापावाल सुनको भाउ आज ८९ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि महासंघले तेजावी सुनको भाउ ८९ हजार १५० रुपैयाँ तोकेको छ ।
बिहीबार ८८ हजार २५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ११२० रुपैयाँका कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११४० रुपैयाँ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्