काठमाडौं, असोज १९ । नेपालका लागि निदरल्यान्डस अधिराज्यका अवैतनिक वाणिज्यदूतमा दीपकराज सापकोटा नियुक्त हुनुभएको छ । निदरल्याण्ड्स अधिराज्यका राजा विलेम अलेक्जेण्डरबाट भएको सापकोटाको नियुक्तिलाई नेपाल सरकारले २०७८ आश्विन १७ गतेको निर्णयअनुसार स्वीकार गरेको हो । सापकोटा २०८२ आश्विन १६ सम्मका लागि नियुक्त हुनुभएको हो ।
नेपालका लागि निदरल्याण्ड्स अधिराज्यका अवैतनिक राजदूत नियुक्त हुने सापकोटा पहिलो नेपाली नागरिक हुनुहुन्छ । सापकोटा लामो समयदेखि सामाजिक विकासको क्षेत्र मूलतः बालबालिका, अपांगता भएका व्यक्तिका अधिकारका तथा स्वास्थका क्षेत्रमा कार्यरत हुनुहुन्छ । भोजपुर जिल्लाको अरुण गाउँपालिका प्याउलीमा जन्मनुभएको सापकोटा हाल करुणा फाउन्डेसन नेपाल नामक गैरसरकारी संस्थामा आबद्ध हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्