जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार १८:३३

प्रशिक्षक बालगोपालले गरे च्यासलसँगको सम्झौता नवीकरण


काठमाडौं, १५ कात्तिक । ए डिभिजन लिग क्लब च्यासल युथले मुख्य प्रशिक्षक बालगोपाल शाहुखलसँग सम्झौता नवीकरण गरेको छ । सोमबार च्यासल र ए लाइसेन्स प्राप्त प्रशिक्षक बालगोपालले यस सिजनका लागि सहकार्य गर्ने निर्णय गरेका हुन् । च्यासल युथले यस सिजन प्रशिक्षक बालगोपाल शाहुखलसँग सम्झौता नवीकरण भएको बताएको छ । ‘हामी खुसी छौँ, बालगोपाल महर्जन हामीसँग धेरै वर्षका लागि सम्झौता नवीकरण गरेका छन्’, क्लबले भनेको छ ।

गत वर्ष च्यासलले बालगोपालकै प्रशिक्षणमा ए डिभिजन लिग खेलेको थियो । सो समय उनी बी लाइसेन्स प्राप्त प्रशिक्षक थिए । अब, भने उनी ए लाइसेन्स प्राप्त प्रशिक्षक भएका छन् । यसै सिजन भएको ए लाइसेन्स कोर्षमा शाहुखलसहित चार जना प्रशिक्षक उत्तीर्ण भएका थिए । गत सिजन च्यासलले प्रशिक्षक बालगोपालको प्रशिक्षणमा १५ अंकसहित नवौँ स्थान प्राप्त गरेको थियो ।

१३ खेल खेलको च्यासलले चार खेलमा जीत निकाल्दा तीन खेलमा बराबरीमा रोकिएको थियो भने छ खेलमा हार बेहोरेको थियो । यस सिजनमा करिब दुई करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको च्यासलले उपाधि जित्ने योजनासहित केही समयअघि इटालियन सिरी ए क्लब एटलान्टाको यू–१६ र इटाली यू–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका नेपाली भूमिका विकास मेराग्लियासहित राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनलाई टोलीमा अनुबन्धन गरेको थियो ।