इटहरी, कात्तिक १८ । नेकपा एमालेले वाढी पीडितहरुलाई राहत वितरण गरेको छ । स्थानीय टिकुलिया टोलका ४९ परिवार वाढीपीडितलाई इटहरी १६ वडा कमिटीले राहत वितरण गरेको हो ।
एमाले इटहरी १६ का अध्यक्ष तेजनारायण चौधरीले पीडितलाई थोरै भए पनि सहयोग गरिएको जानकारी दिनुभयो । दशै लगत्तै आएको वाढीवाट प्रभावितहरुलाई तिहारको मुखमा केही सहज होस भनेर दाल, चामल, नुन, तेल प्रदान गरिएको चौधरीले वताउनु भयो ।

यस किसिमका सामाजिक कार्य आगामी दिनमा पनि निरन्तर जारी रहने चौधरीको भनाई छ । स्थानीय हक्राहा खोलामा आएको वाढीले टिकुलिया टोल प्रभावित भएको थियो ।














प्रतिक्रिया दिनुहोस्