चितवन, ११ मंसिर । नेकपा एमाले पाल्पाका नेता राधाकृष्ण कँडेलले जारी दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले लुम्बिनी प्रदेशअन्तर्गत भूगोलतर्फको खुलाबाट एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारीमा उठ्ने घोषणा गर्नुभएको हो ।
पार्टीको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका कँडेल नेकपा एमाले पाल्पाको सदस्य, उपसचिव हुँदै दुई कार्यकाल अध्यक्ष भएर जिम्मेवारी वहन गरिसक्नुभएको छ । उहाँ २०७० सालको संविधानसभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट अत्यधिक मतका साथ सभासदमा विजयी हुनुभएको थियो । कँडेल अहिले भने नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य हुनुहुन्छ । पाल्पामा महाधिवेशन प्रतिनिधि चयन गर्दा उहाँकै सक्रियतामा सर्वसम्मत गराउन सफल भएको थियो ।
शालिन र भद्र स्वभाव, जनताको हितमा काम गरेर लोकप्रिय बनेका नेता कँडेललाई अत्यधिक मत दिएर केन्द्रीय सदस्यमा पदमा निर्वाचित गराउन एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले समेत अपिल गर्नुभएको छ । लुम्बिनी प्रदेशले भूगोलतर्फबाट चार वटा खुला केन्द्रीय सदस्यको सिट पाएको छ । भने दुइ जना महिलातर्फको रहेको छ ।













प्रतिक्रिया दिनुहोस्