गुल्मी, जेठ २२ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल सवार गाडी दुर्घटना भएको छ।
शुक्रबार गुल्मीमा सांसद ढकाल सवार गाडी दुर्घटनामा परेको गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सांसद ढकाल सवार गाडी दुर्घटना भएको प्रहीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण भने आइसकेको छैन।
सांसद ढकालले भने सामान्य दुर्घटना भएको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘सामान्य दुर्घटना हो। व्यक्तिलाई केही पनि भएको छैन, गाडिमा सामान्य क्षति भएको छ। भगवानको कृपाले सबै ठिक छ, सुशान्त वैदिक, म र आरपि महतो सबै ठिक छौँ। त्यही गाडीमै फर्किदै छौँ। हजुरको शुभेक्षाको लागि धेरै धेरै धन्यवाद ।’













प्रतिक्रिया दिनुहोस्