दाङ, असार ३ । सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले आरोपी युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका २ भमके निवासी अन्दाजी २४ बर्षका रमेश ठाडा मगर रहेका छन । मगरले एक युवतीलाई चक्कु प्रहार गरेको भिडियो भाइरल बनेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनलाई मंगलबार राति नै उनकै घरबाट पक्राउ गरिएको हो । उक्त भिडियो उनकै घरको नजिक बासघारिमा गत चैत महिनामा बनाएको प्रहरीले जनाएको छ ।
भिडियोमा तुलसीपुरकि २१ वर्षीय एक युवती माथि रमेश ठाडा मगरले गालीगलौज गर्दै चक्कु प्रहार गरेको तथा युवती रुँदै ञअब गर्दिनँझभन्दै अनुरोध गरिरहेको दृश्य देखिएको छ । सो घटनालाई लिएर चर्काे आलोचनासहित नागरिकको आक्रोश बढेको जानकारी पाएर प्रहरीले राती नै एक्शन लिएको हो ।













प्रतिक्रिया दिनुहोस्