प्यूठान, असार १३ । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको आफैले चलाएको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार ५० वर्षिय रानामगर आफैले चलाएको लु प्र १/००१ झ ०००८ नं. को गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
गाडी सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो ।













प्रतिक्रिया दिनुहोस्