जनता टाइम्स

२४ मंसिर २०७८, शुक्रबार ११:५४

नाडाको अध्यक्षमा ध्रुव थापा विजयी, अधिकांश कार्यसमिति सदस्य भने करण चौधरी समूहबाट


काठमाडौं, मंसिर २४ । अटोमोवाइल व्यवसायीहरुको संस्था नाडा अटोमोवाइल एशोसियशन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी हुनुभएको छ । कार्यसमिति सदस्यमा भने करण चौधरीको समूहका बहुसंख्यक प्रत्यासी विजयी हुनुभएको छ । थापा ६६ मत अन्तरले विजयी हुनुभएको हो ।

पोखरामा आधारित भएर फोर्स ब्राण्डका गाडि बिक्री गर्दै आउनुभएका उहाँ नेपाली काँग्रेसको राजनीतिमा पनि सक्रिय हुनुहुन्छ । होटलदेखि घर जग्गा व्यवसायमा समेत सक्रिय रहेका थापाले बिहीबारको निर्वाचनमा व्यापक र तडक भडक प्रचार गरे पनि चौधरी र उहाब्ँको समूहले भने त्यस्तो प्रचार गरेको थिएन् । यद्यपि १७ जना कार्यसमिति सदस्य पदमध्ये १२ जना चौधरी समूहबाट र पाँच जना थापा समूहबाट निर्वाचित हुनुभएको हो।

चौधरी समूहबाट विजयी हुने कार्यसमिति सदस्यमा मिलनबाबु मल्ल,अनुप बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती,, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई, त्यसैगरी निलमणि पाठक, वरदान बस्नेत, पंकज अग्रवाल विजयी हुनुभएको छ । साथै, थापाको समूहबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छा विजयी हुनुभएको छ । यस निर्वाचनमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र पूर्वअध्यक्ष पशुपति मुरारकाले करण चौधरीलाई साथ नदिएको आशंका गरिएको छ । चौधरीले भने उहाँहरुबाट आफ्नो प्यानललाई सहयोग हुने आशा राख्नुभएको थियो ।