जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार १३:३६

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, २८ मंसिर । आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार तोलाको ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ८ सय पुगेको छ । तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ९२ हजार ३ सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलामा एकैपटक २० रुपैयाँले बढेर १२ सय १० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ५६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार १३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।