काठमाडौं, मंसिर २९ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक स्थपनाको २५ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाईएको छ । २८ असोज २०७८ मा २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो । यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ ।
मिति २०७८ मंसिर २८ गते, मंगलवार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम राखिएको छ । सन १९९६ अक्टोबर १४मा भैरहवाको सिद्धार्थ नगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५ औं वर्षमा पार गरेको छ ।
२५ औं वार्षिकोत्सवका अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेशराज अर्यालले बैंकिङ बजारमा बैंकको उपस्थिती थप बलियो बनाउदै लैजाने गरी काम गरिरहेको बताउनु भयो । उहाँले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताउनु भयो । कर्मचारीलाई सम्बोधन गर्दै सिईओ अर्यालले इमान्दारिताका साथ काम गर्नको लागि आग्रह गर्नु भयो । आफू पनि तल्लो पदबाट सिईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नको लागि आग्रह गर्नु भयो ।


समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाको रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुर्पने बताउनु भयो, साथै यस कम्पनीका सञ्चालक इमान सिंह लामा र सुमन कुमारी जोशीले शुभकामना व्यक्त गर्नु भयो । बैंकले २५ वर्षदेखि निरन्तर कामगर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । जसमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगलबहादुर बलामी र राजमान डंगोल रहनु भएको छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।













प्रतिक्रिया दिनुहोस्