जनता टाइम्स

४ पुष २०७८, आईतवार १२:१६

एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज


सुर्खेत, ४ पुस । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज बस्ने भएको छ । सम्मेलनमा करिब सात सय जना सहभागी हुने एमाले नेता गुलावजंग शाहले जानकारी दिनुभयो ।

हिजो कर्णाली प्रदेशका इन्चार्ज यामाल कँडेलको प्रमुख आतिथ्यता रहेको केन्द्रीय सदस्यहरुको बैठकले प्रदेश सम्मेलनलाई ऐतिहासिक बनाउने गरी तयारी गर्ने निर्णय गरेको थियो ।

‘माघ आठ गते आयोजना हुने प्रथम सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न छलफल भएको छ,’ उहाँले भन्नुभयो, ‘सम्मेलन प्रतिनिधिमूलक हुने छ।’ सम्मेलनमा करिब सात सय जना सहभागी हुने उहाँले जानकारी दिनुभयो ।