जनता टाइम्स

५ पुष २०७८, सोमबार १३:५३

फेसबुकलाई रुसले तिरायो २ लाख ३० हजार डलर जरिवाना


मस्को, ५ पुस । फेसबुकले रुसलाई २ लाख ३० हजार अमेरिकी डलर जरिवाना तिरेको छ । रुसले अवैध ठानेको सामग्री हटाउन असफल बनेको भन्दै फेसबुकले सो रकम जरिवाना स्वरुप तिर्नुपरेको हो ।

इन्टरफ्याक्स न्युजमा हिजो प्रकाशित समाचारअनुसार रुस सरकारले अवैध ठहराएका अवैध सामग्री हटाउन नसकेको भन्दै फेसबुकले सो रकम जरिवाना तिर्नुपरेको हो ।

यद्यपि, फेसबुकले भने सो सामग्रीप्रति कुनै प्रतिक्रिया नजनाएको बताइएको छ। फेसबुकको मेटा भर्सन, गुगल र ट्वीटरले समेत अदालतमा फेसबुकको जस्तै मुद्दा सामना गरिरहेका छन्।