काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले उदाउँदो सूर्यका रुपमा आएको बताउनुभयो । संखुवासभाको खाँदबारीमा एमाले जिल्ला अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा उहँले उक्तकुरा बताउनुभएको हो ।
एमालेले देश विकासलाई गति दिएको थियो। तर षड्यन्त्र गरेर सरकारबाट हटाए, उहाँले भन्नुभयो , तर अब षड्यन्त्र सधैँ काम लाग्दैन। प्रतिगामीहरु चुनावमा जान डराइरहेका छन्।
यो सरकार लुट्न लागेको छ चुनावतिर जान मान्दैन।उनले २०५९ सालमा जस्तै अहिले पनि चुनाव गराउन नखोजिएको बताउनुभयो। एमालेबाहेक जनताको मन जित्ने अर्को पार्टी छैन। एमाले मात्रै हो जनताले भोट दिन लायक पार्टी उहाँले भन्नुभयो । विराटनगरकिमाथाङ्का सडक बनाउन एमाले चाहियो नि, एमालेले सुरु गरेको हो किमाथाङ्का सडक, त्यसैले विकासका लागि पनि एमाले नै सरकारमा चाहिन्छ।













प्रतिक्रिया दिनुहोस्