काठमाडौं, २८ माघ । नेपाली बजारमा सुनको भाउ आज एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन तोलाको ९३ हजार नौ सय रुपैयाँ कारोबार भएको थियो ।
यसैगरी, आज तेजावी सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्