काठमाडौं, ११ फागुन । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्