जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार १८:४१

मुख्यमन्त्री शाहीको सामाजिक सल्लाहकार बने डा. नरेश ढकाल


काठमाडौं, १२ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सामाजिक सल्लाहकारमा डा. नरेशविक्रम ढकाललाई नियुक्त गरेका छन् ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री शाहीको सामाजिक सल्लाहकारमा ढकाललाई नियुक्त गरेको हो ।

ढकाल सुर्खेत गुर्भाकोट नगरपालिका–२ का वासिन्दा हुन् । सल्लाहकारमा नियुक्त ढकालले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने छन् । लामो समय शिक्षा क्षेत्रमा क्रियाशील रहेका ढकालसँग विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ ।