काठमाडौं, फागुन १५ । जसपाका नेता डा. बाबुराम भट्टराईले ब्याख्यात्मक टिप्पणी भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले आफ्नो लाजलाई पातलो लंगौटीले छोपेको बताउनु भएको छ ।
एमसीसीको बिरुद्धमा जनता भडकाएर प्रचण्ड र माधवले आफै जान नसक्ने अवस्था सिर्जना गरे पनि पातलो लंगौटीले लाज छोपेर एमसीसीको पक्षमा उभिएको भन्दै भट्टराईले धन्यवाद दिनुभयो ।
‘साथीहरुको क्रान्तिकारी सकियो, ढिलो आयो दुरुस्त आयो भने झै केही साथीहरु पातलो लंगौतीले आफ्नो लाज ढाकेर पक्षमा आउनु भयो, आफै जनता भडकाउने जुन बदमासी थियो, त्यसलाई सच्याएर आउनु भयो, खुसी लागेको छ,’ भट्टराईले भन्नुभयो । उहाँले पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि पनि खनिनु भयो । आफै सरकारमा हुँदा अघ बढाउने अहिले बिरोध गर्ने हो भने सार्वजनिक माफी मागेर राजनीतिबाट बिदा लिनुपर्ने उहाँको भनाई थियो ।
भट्टराईले एमसीसी नेपालको हितमा रहेको भन्दै सवै मिलेर जनतालाई बुझाउनु पर्ने र बिगतमा राष्ट्रघाती छ भनेर बोल्नेहरुले माफी माग्नुपर्नेे बताउनु भयो । ‘जजस्ले एमसीसी राष्ट्रघाती छ भनेर जनतालाई भडकाए, तिनीहरु (प्रचण्ड–माधव) ले माफी माग्नुपर्छ, एमसीसी नेपालकै हितमा हो, हामीले आफ्नो स्वार्थका लागि यो काम गरेका हौं भन्नुपर्यो,’ भट्टराईको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्