जनता टाइम्स

२५ फाल्गुन २०७८, बुधबार १२:३२

नबिल इन्भेष्टमेण्ट बैंकले गर्यो धितोपत्र सम्बन्धि कार्यक्रम


धनगढी, २५ फागुन । नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको काम, कर्तव्य र अधिकारहरूका बारेमा जानकारी दिने उद्देश्यले नबिल इन्भेष्टमेन्ट बैंकले धितोपत्र सम्बन्धि कार्यक्रम गरेको छ । नेपालको शेयर बजारमा कसरी प्रवेश गर्ने र धितोपत्र सम्बन्धि विद्यमान ऐन नियम तथा निर्देशनहरूमा भएको व्यवस्थाको बारेमा जानकारी दिन उक्त कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नम्बर ७ को धनगढीमा कार्यक्रम भएको हो । कार्यक्रमा धितोपत्र बजारबाट लिन सकिने फाइदा र मर्चेन्ट बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा बैंकका विभाग प्रमुख विकाशचन्द्र भण्डारीले बताउनुभयो ।

साथै, उहाँले आगामी दिनमा यस्ता कार्यक्रम सातै प्रदेशमा गर्ने बताउनुभयो । नेपालको धितोपत्र बजारमा २६ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ । त्यसैले धितोपत्र बजारमा हुन सक्ने जोखिमहरूको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।