जनता टाइम्स

२६ फाल्गुन २०७८, बिहीबार १७:३३

जापानले विराटनगरमा खानेपानी व्यवस्थापन गर्न २.७ अर्ब अनुदान दिने


काठमाडौं, २६ फागुन । जापान सरकारले नेपाललाई २।७ अर्ब रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेको छ । विराटनगरमा खानेपानी व्यवस्था सुधारको लागि उक्त रकम दिन लागिएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।

उक्त अनुदान सहयोग उपलब्ध गराउने सम्बन्धी नोटमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र जापानको तर्फबाट जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गर्नुभएको छ ।

यो सहयोगले विराटनगरका जनताको जिवनस्तर उकास्न सहयोग पुर्याउने विश्वास जापानी दूतावासको छ । सहयोगबाट विराटनगरका एक लाख जनता लाभान्वीत हुने जनाइएको छ ।