जनता टाइम्स

१७ चैत्र २०७८, बिहीबार १३:२८

मंगलसैन नगर प्रमुख बोहरा भन्छन् – मेरो पाँच वर्षे कार्यकाल सफल भयो


अछाम, १७ चैत । मंगलसैन नगरपालिकाका प्रमुख पदमबहादुर बोहोराले पाँच वर्षे कार्यकाल सफल रहेको दाबी गर्नुभएको छ । बोहराले भौतिक पूर्वाधारको विकाससँगै सुशासन पक्षमा उल्लेखनीय काम भएको दाबी गर्नुभएको हो ।

नगरका १४ वटै वडामा सडक सञ्जालको विस्तार, शिक्षामा भौतिक पूर्वाधारको विकास, विद्युतीकरण, पर्यटकीय क्षेत्रको प्रचार-प्रसार लगायतका क्षेत्रमा विकास भएको नगर प्रमुख बोहराको भनाइ छ ।

उहाँले कृषि क्षेत्रमा नगरपालिकाबाट प्राप्त लगानि भएपनि जनताको ईच्छाशक्ति नहुँदा प्रभावकारी हुन नसकेको बउनुभयो । सुरुमा कानुन निर्माण गर्नुपर्ने त्यसपछि कोरोनाका कारण सोचअनुरुप काम हुन नसकेको नगर प्रमुख बोहराको भनाइ छ ।