जनता टाइम्स

२५ चैत्र २०७८, शुक्रबार ११:४२

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, २५ चैत । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ ।

चाँदीको भाउ भने २१ रुपैयाँले बढेको छ। बिहीबार एक हजार तीन सय ३४ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ५५ रुपैयाँ निर्धारण भएको छ ।