जनता टाइम्स

२७ चैत्र २०७८, आईतवार २२:२०

आईएमई पे र दराजबीच सम्झौता, नव वर्ष २०७९ अभियान सुरु


काठमाडौं, चैत्र २७ । आईएमई पेले दराजसँग नेपाली नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । आईएमई पे सेवाग्राहीले दराजबाट अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । यो सम्झौतापत्रमा आईएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गर्नुभएको हो ।

आईएमई पे सेवाग्राहीले यो अभियानमा यही चैत २८ देखि २०७९ वैखाख ७ गोसम्मका लागि आईएमई पेमार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन बिहान १२ देखि साढे १२ बजेसम्म १० प्रतिशत छुट, एक हजार रुपैयाँ र अभियान सुरु भएको पहिलो आधा घण्टापछि दैनिक रस आवर आधा घण्टा घण्टामा १० प्रतिशत छुट अधिकतम सात सय ५० रुपैयाँसम्म हुने व्यवस्था मिलाइएको छ । रस आवर को समय बिहान ८ देखि साढे ८ बजेसम्म र दिउँसो ३ देखि साढे ३ बजेसम्म हुनेछ साथै दराजको १ रुपैयाँको गेममा पनि सहभागी भएर’Samsung A03 Core,Q&U Queen Size Bed 7 X 5 ft, NARZO 50 (Narzo by realme)’  जस्ता आकर्षक उपहार पनि जित्न सकिनेछ । यस अभियानको मोडालिटी सामूहिक भाउचर हुनेछ जहाँ प्रयोगकर्ताले आईएमई पे भाउचर सङ्कलन गरी छुट रिडिम गर्नेछन् ।

यस सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरूलाई विशेष सहयोग पुग्ने विश्वास आईएमई पेले लिएको छ ।